विद्यार्थीलाई पाँच दिने संस्कार शिविर

महोत्तरीको मनरा शिसवा नगरपालिकाले  नगर क्षेत्रको ९० विद्यार्थीलाई पाँच दिने संस्कार शिविर प्रदान गरेको छ ।

मनरा शिसवा नगरपालिका ९ बथनाहास्थित भैयादाई गुलाबदाई लोचनदाई जनता माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ९० जना छात्रछात्रालाई पाँच दिने संस्कार शिविर प्रदान गरेको हो ।         

गत जेठ २५ देखि सुरु शिविर आज समापन गरिएको छ । विद्यार्थीहरुलाई विद्यालय भवनमै राखेर योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्र्धन तालिम तथा योगाभ्यास गराइएको नगरपालिकाले जनाएको छ । संस्कार शिविरमा सहभागी  छात्रछात्राले शिविर समापनपश्चात् अरु सामान्य बालबालिकाभन्दा फरक ढङ्गले बोल्ने, पढ्ने, उठबस गर्ने, आदर, सम्मान र उचित शब्दको प्रयोग गर्नेलगायतका शिक्षाबाट शिक्षित भएको नगर प्रमुख मोहन पाण्डेले बताए ।   

संस्कार शिविरको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले पालिकाले अब प्रत्येक वर्ष विभिन्न विद्यालयमा यस्तो शिविर सञ्चालन गर्ने र पालिकालाई कुलत र दुव्र्यसनबाट मुक्त गर्ने लक्ष्य रहेको जानकारी दिए ।

यसअघि गत वर्ष पालिकाले वडा नम्बर १ स्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत एक सय ५० छात्रछात्रालाई संस्कार शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट उनीहरुको जीवन तथा समाजमासमेत सकारात्मक प्रभाव परेको नगर प्रमुख पाण्डेको भनाइ छ  ।