After SEE Portal

नक्कली प्रमाणपत्रका आधारमा सेवा प्रवेश गर्ने दुई जना विरुद्ध मुद्दा दायर

Bridge Course

नक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक सेवामा प्रवेश गर्ने दुई जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ओखलढुङ्गा, पूर्वाधार विकास कार्यालयमा राप अनंकित प्रथम श्रेणीमा कार्यरत  ल्याब टेक्निसियन पदमा करार सेवामा कार्यरत राम एकवाल यादव रकैलालीको राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरी विरुद्ध आरोपपत्र दायर गरेको हो ।           

यादवले सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले  डिप्लोमा इन सिभिल इन्जििनियरिङको र शिक्षक चौधरीको स्नातक तहको प्रमाणपत्र  नक्कली  भएको अनुसन्धानका क्रममा पाइएपछि अख्तियारले मुद्दा दायर गरेको आज प्रकाशित विज्ञप्तिमा जानकारी दिएको छ ।

 यादवले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सव–इन्जिनियर पदमा डोर हाजिरीमा तथा राप अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी  सरकारी सेवामा काम गरिसकेका थिए । यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको पुष्टि हुन आएकोले ऐनको दफा १६ को उपदफा (१)  बमोजिम कैद र जरिवानाको सजाय  माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ

त्यस्तै शिक्षक चौधरीले नक्कली प्रमाण पत्रका आधारमा माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books