नक्कली प्रमाणको आरोपमा शिक्षक विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शाहले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर शिक्षण पेसामा लागेको पुष्टि भएपछि शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा शाहले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको देखिएको अख्तियारको दाबी छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal