नक्कली प्रमाणपत्रका आधारमा नियुक्त शिक्षकलाई क्षतिपुर्तिको मागदाबीसहित मुद्दा दर्ता

कार्यरत शिक्षकको शैक्षिक प्रमाण पत्र नक्कली पाए पछि आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

 बालमन्दिर माध्यमिक विद्यालय, व्यास नगरपालिका, तनहुँमा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली पाएइएपछि मुद्दा दायर गरिएको हो ।

 प्रमाणपत्र छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानविन गर्दा प्रमाणपत्र नक्कली पाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

शिक्षक पौडेलले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा नियुक्ति लिएको पाइएपछि आयोगले मुद्दा दर्ता गरेको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal