नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अधिकृत विरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध आरोप पत्र दायर गरेको छ ।

आयोगले आइतबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।

राज्यका सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकाले ती निकायहरूमा कार्यरत कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन गरी कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरेको आयोगले जारी गरेको विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

बस्नेतले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको थपलियाको भनाई छ। बस्नेतलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal