A Levels MA

कक्षा ११ र १२ को परीक्षाको निर्णय गर्न बोर्ड बैठक बस्दै

कक्षा ११ र १२ को परीक्षाका बारेमा परीक्षा बोर्डको बैठक अहिले राती ८ बजे बस्दैछ ।

बोर्डका सदस्य तथा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले एसईई परीक्षा स्थगित भएको बताउँदै कक्षा ११ र १२ को पनि के गर्ने भन्ने बारेमा बोर्ड बैठक बस्न लागेको बताए । उनले एसईई परीक्षा स्थगित भएकाले कक्षा ११ र १२ को पनि स्थगित हुनसक्ने उल्लेख गरे ।

त्रिविको पनि स्थगित गर्न भन्ने सरकारले निर्णय गरिसकेको छ । उनले त्रिविको परीक्षा के हुने भन्ने बारेमा भोलि विहान ८ बजे बैठक डाँकिएको र त्यसले निर्णय गर्ने जानकारी दिए ।

Thuprai - Books and E-books