A Levels MA

राप्तीगाउँपालिकाका छात्रालाई साइकल

दाङको राप्तीगाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको छ । गाउँपालिकाको वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल र शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा  साइकल वितरण गरिएको छ । जनज्योति आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई रु ९० हजार बराबरको साइकल वितरण गरिएको छ ।

त्यस्तै वडा नम्बर–६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई रु दुई लाख बराबरको नयाँ साइकल वितरण गरेको  शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिए ।

विद्यालय टाढा भएको कारण कतिपय छात्रा विद्यालय जानबाट वञ्चित भएका  पछि दातासंगको सहकार्यमा साइकल वितरण गरिएको हो । सिपी नेपालले तीन ओटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत आठ सय बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको सिपी नेपालले जानकारी दियो ।

Thuprai - Books and E-books