After SEE Portal

‘घरघरमा विद्यालय’ अभियान सञ्चालन गरिने

Bridge Course

‘घरघरमा विद्यालय’ अभियान सञ्चालन गरिने भएको छ । नेपाल शिक्षक संघले लकडाउनको समयअवधिमा ‘घरघरमा विद्यालय’ भन्ने शैक्षिक अभियान पालिकास्तरमा सञ्चालन गर्ने भएको  हो ।

यस्तै,नेपाल शिक्षक महासंघ गठन भएका पालिकाहरुमा संघका स्थानीय अध्यक्षले समन्वय गरी प्रधानाध्यापकको समन्वयमा ‘घरघरमा विद्यालय’ अभियान अघि बढाइने भएको हो ।

शिक्षक संघको बैठक बसी यस्तो निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘घरघरमा विद्यालय कार्यक्रममा विद्यार्थीलाई दैनिक समयतालिका अनिवार्यरुपमा बनाउन लगाउने । अभिभावकको सहयोगमा विषयगत अध्ययनका अलवा पारीवारीक सहयोग, स्वास्थ्य कार्यक्रम, मनोरञ्जन कार्यक्रम श्रव्य दृष्य तथा अध्ययन आदि समावेश गर्न सुझाव दिने ।’

A Levels MA
Thuprai - Books and E-books