हो म बालविकास शिक्षक

ओठबाट तप्प आमाको दुध चुहिन्छ

नाकमा सिंगान, मलमुत्र सबै साफ गरेको छु ।

विहान १० बजेदेखि ४ बजेसम्म स्कुलमा नै बिताएको छु ।

सवैले सुन्दा छक्क पर्ने तलब पाएको छु,

बालबालिका झै नियमित विद्यालय धाएको छु।।

सिंगान पुछ्दै बालबालिकाको तेस्रो आँखा देखाएको छु,

हात समाउदै बालबालिकाको नाम लेखाएको छु ॥

सबैलाई भन्दाभन्दै आफै थाकेको छु,

अचार सरि पाएको तलब चाखेको छु।।

सपना सबै टुटाएर ओठे हासो हासेको छु।।

तिम्रा साना खुसीमा नै आफ्नो खुशी गासेको छु।।

जीवनकालमा रमाउने सपना सबै खेर फालेको छु,

शासकले केहि गर्छ्न कि भनी आश पालेको छु।।

कागजी र बोलिका कुरा सुनी कान पकाको छु ,

हरेक बर्ष बजेट आउँदा रेडियो सुन्दै थाकेको छु ।।

Degrees offered in nepal
Counseling
Bachelors Portal