A Levels MA

एसइई सञ्चालनको विकल्पबारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्ने

कोभिड–१९ का कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्ने गरी सुझाव संकालन गर्ने भएको छ । कार्यदलले विभिन्न विकल्पका बारेमा अध्ययन,गरिरहेकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार गर्ने भएको हो ।

कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

उनले विज्ञ, सरोकारवाला र अन्तर्राष्टि«य अभ्यास समेतलाई ध्यानमा राखी एसइईबारे एकदुई हप्ताभित्र निर्णय गरिने जानकारी दिए । ‘गल्लीगल्ली डटइन्फो’ले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा प्रवक्ता शर्माले शिक्षक र अभिभावक तम्तयार र उनीहरुबीचको जीवन्त सम्पर्क नभएकाले सिकाइ तथा मूल्याङ्कन सोचे अनुरुप हुन नसकेको बताए । सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न माध्यमको प्रयोग गरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए ।

उनले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने स्पष्ट गरेका छन् ।। कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्दै आएको हुनाले स्थानीय तहको समन्वयमा काय गर्न विद्यालयलाई सुझाए ।।

बालबालिका विज्ञ डा मीनाक्षी दाहालले विषम स्थितिमा बालबालिकालाई समग्र मनोवैज्ञानिक पक्षमा नकारात्मक असर पार्न नहुने धारणा राखेकी थिइन् ।

सो कार्यक्रममा अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई सहजरुपमा सूचना प्रविधिका साधनमा जोड्नका लागि तीनै तहका सरकारले प्रभावकारी काम नगरेको गुनासो गरेका थिए ।

Thuprai - Books and E-books