After SEE Portal

ल्यापटप किन्न एक प्रतिशत व्याज दरमा विद्यार्थीलाई ८० हजार दिइने

Bridge Course

स्नातक तह उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्र  धितो राखी पाँच प्रतिशत व्याजदरका  २५ लाख सम्म सौलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ । 

सरकारले सामुदायिक विद्यालय र क्याम्पसमा  अध्यन गर्ने विद्यार्थीलाई प्रतिविद्यार्थी ल्यापटप खरिद गर्न ८० हजार रुपियाँ एक प्रतिशत व्याजदरमा दुई वर्षका  लागि  उपलब्ध  गराउने भएको छ । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।  

१६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराउने

विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षामा पहुँच पुर्याउने उद्देश्यले १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराउने  बजेट भाषणमा  उल्लेख गरिएको छ ।  

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

त्यस्तै गरी स्नातक तह उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्र  धितो राखी पाँच प्रतिशत व्याजदरका  २५ लाख सम्म सौलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए । 

सार्वजनिक विद्यालयमा  अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा  पहुँच पुर्याउने उद्देश्यले  सरकारले उक्त कार्यक्रम सार्वजनिक  गरेको हो । अध्यादेशमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा उक्त कुरा उल्लेख गरिएको छ । 

A Levels MA