After SEE Portal

१३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, छात्रवृत्तिको दायरा वृद्धि

Bridge Course

आगामी वर्ष सरकारले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने भएको छ।आज आर्थिक वर्ष २०७८-७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रसुवा, महोत्तरी लगायतका १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने  घोषणा गरेका हुन् । 

त्यस्तै सहिद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने  समेत घोषणा गरेका छन् । आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने, नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने समेत बजेट भाषण मार्फत उनले घोषणा गरेका छन् ।

चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपियाँ बजेट विनियोजन गरिएको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अधिवृद्धि कार्यक्रम सञ्चालन गरिने समेत सरकारले घोषणा गरेको छ।

A Levels MA