After SEE Portal

बार्षिक मूल्यांकनका आधारमा कक्षा ८ को नतिजा प्रकाशन गर्दै काठमाडौं महानगरपालिका

Bridge Course

काठमाडौं महानगरपालिकाले अधारभूत तह कक्षा ८ को बार्षिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने भएको छ । महानगरस्तरीय परीक्षा समितिको आज बसेको बैठकको निर्णयले बार्षिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहर तीव्ररुपमा फैलिरहेका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहेको र शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न परीक्षा समितिले यस्तो निर्णय गरेको महानगर शिक्षा विभागले जानकारी दियो । परीक्षा समितिको आजको बैठकले महानगर क्षेत्र भित्र कक्षा आठ सञ्चालित सबै विद्यालयहरुलाई जेठ २५ गते सम्ममहानगरको आधिकारिक ठेगानामा विद्यार्थीको विषयगत मूल्यांकन विवरण पठाउन विद्यालयलाई निर्देशन दिएको छ ।

महानगर शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आज एक सूचना जारी गरी पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत,निरन्तर विद्यार्थीको मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यालयको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधि वा प्रकृया अपनाई २० प्रतिशतको आधारमा विद्यार्थीको मूल्यांकन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ ।

विद्यालयले वार्षिक मूल्यांकन गरेर महानगरपालिकालाई पठाएको विवरणलाई रुजु गरेर नगरपालिकाले नतिजा प्रकाशन गर्ने र लब्धांक प्रमाणपत्र वितरण गर्ने शिक्षा अधिकारी सुवेदीले जानकारी दिए ।

A Levels MA