After SEE Portal

शिक्षकलाई सर्वोच्चको आदेश अनुसार ग्रेड प्रदान गर्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राविधिक ग्रेड थप खाइपाइ आएका शिक्षकलाई सर्वोच्चको आदेश अनुसार प्रदान गर्न निर्देशन दिएको छ ।

२०५७ साल श्रावण १ भन्दा अघि स्थायी नियुक्ति लिइ प्राविधिक २ ग्रेड थप खाइपाइ आएका कार्यरत तथा अवकाश प्राप्त शिक्षकको प्राविधिक ग्रेड रकम सम्बन्धमा र्वोच्च अदालतको आदेश अनुसार कार्यान्वयन गर्न सबै स्थानीय तह र सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।

केन्द्रले सर्वोच्च अदालतको मिति २०७६वैशाख १५ को रिट नं. ०७३डब्लु ओ ०७४२ मा भएको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको केन्द्रका निर्देशक वसन्त कोइरालाले जानकारी दिए ।

केन्द्रले २०७८वैशाख२८ मा मन्त्रीस्तरको निर्णय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देश्न अनुसार सबै इकाइ र स्थानीय सरकारले यस्तो निर्देशन दिएको केन्द्रले जानकारी दियो ।

शिक्षकको छुट प्राविधिक ग्रेड प्रदान गर्ने आधार र प्रक्रियाहरु

श्री शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमि, भक्तपुर ।

विस. २०५७ साल श्रावण १ गते भन्दा अघि स्थायी नियुक्ति लिइ प्राविधिक २ ग्रेड थप खाइपाइ आएका कार्यरत वा अवकाश प्राप्त शिक्षकको प्राविधिक ग्रेड रकम सम्वन्धमा सम्मानित सर्वोच्च अदालतको मिति २०७६–०१–१५ को रिट नं. ०७३(ध्इ(०७४२ मा भएको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा देहाय बमोजिम छुट प्राविधिक ग्रेड प्रदान गर्ने आधार र प्रकियाहरु निर्णय भई कार्यान्वयनका लागि सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई तहाँ केन्द्रमार्फत लेखि पठाउने भनी मिति २०७८–०१–२८ मा माननीय मन्त्रीस्तरबाट निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध गरिन्छ । निर्णयकालागि तहाँबाट पेश भएको सक्कल फायल संलग्न छ। कार्यरत शिक्षक वा अवकाश प्राप्त शिक्षकको छुट प्राविधिक ग्रेड प्रदान गर्ने आधार र प्रक्रियाहरुः

१. शिक्षकलाई प्राविधिक ग्रेड प्रदान गर्ने सम्बन्धमा २०५७ साल आषाढ मसान्तसम्म तालिमप्राप्त गरी स्थायी भएका र प्राविधिक स्केल खाइपाइ आएका शिक्षकलाई मात्र विशेष व्यवस्था अनुसार प्राविधिक २ ग्रेड थप ग्रेड दिने व्यवस्था भएको र आर्थिक वर्ष २०७२–७३ को अन्तसम्म सो व्यवस्था साविकको शिक्षा विभागको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७२–०७३ मा प्रष्ट व्यवस्था भएकोले २०७३ असार मसान्तसम्म प्राविधिक ग्रेड खाइपाइ आएका र २०७३ श्रावण यता कार्यरत रहेका वा सेवा निवृत त्यस्ता शिक्षकहरुको हकमा मात्र आदेश वमोजिम ग्रेड सुविधा उपलब्ध गराउने ।

२. अर्थ मन्त्रालयको चनं. ६६२ मिति २०७८–०१–१३ को पत्रबाट लेखि आएअनुसार प्राविधिक शिक्षकहरुले मिति २०७३–०४–०१ पश्चात पाउने १ दिनको तलव वरावरको एक ग्रेडको हिसावले प्राविधिक २ (दुई) ग्रेड वापत हुने रकमबाट भुक्तानी पाइसकेको एकमुष्ट रकम घटाइ बाँकी रकम मात्र भुक्तानी दिने व्यवस्था मिलाउने ।

३. हाल पदमा बहाल नरहेका तर २०७३–०४–०१ पछि सेवा निवृत भइसकेका २०५७ आषाढ मसान्त भित्रै तालिम प्राप्त र स्थायी नियुक्ति लिइ साविकमा प्राविधिक २ ग्रेड खाँदै आएकाको हकमा निजहरुलाई समेत २०७३–०४–०१ देखिको पाउनुपर्ने प्राविधिक ग्रेड वापतको फरक रकम उपलब्ध गराउने ।

४. छुट प्राविधिक ग्रेड रकम पाउने शिक्षकहरुको चालु आर्थिक वर्ष २०७७ ७८ को शुरु देखि नै तलव मानमा नै एक ग्रेडको एक दिनको तलव बराबरको दरले हुन आउने २ (दुई) ग्रेडको रकम हिसाव गरी उक्त रकमबाट भुक्तानी पाइसकेको एकमुष्ट रकम घटाइ तेस्रो चौमासिकमा अघिल्ला २ चौमासिकको थप्नुपर्ने रकम समेत विद्यालयले माग फारममा समावेश गर्ने । स्थानीय तहवाट माग फारम रुजु गरी दिनुपर्ने रकम एकीन गरी शिक्षकको तलव भत्तामा विनियोजन भएको रकमवाट निकासा दिने व्यवस्था मिलाउने ।

५. आर्थिक वर्ष २०७३–७४ देखि २०७६–७७ सम्मको हकमा माथि बँुदा नं. २ मा उल्लेख भए वमोजिम दिनुपर्ने बाँकी रकम शिक्षकको अलग्गै माग फारम भरि भराई विद्यालयले माग गर्ने र त्यसको अलग्गै विवरण खडा गरी स्थानीय तहले फारम रुजु गरी दिनुपर्ने रकम एकीन गरी शिक्षकको तलव भत्तामा विनियोजन भएको रकमवाट विद्यालयलाई निकासा व्यवस्था मिलाउने ।

६. उपरोक्त नुसारको छुट प्राविधिक ग्रेड पाउन सक्ने शिक्षकले देहायका कागजात सहित आफ्नो विद्यालयमा निवेदन दिने

(क) थप ग्रेड माग गर्ने शिक्षक हाल जुन तहमा कार्यरत रहेको हो सोही तहमा विस. २०५७–४–१ भन्दा अघि नै स्थायी भएको नियुक्ति पत्र । शुरु स्थायी नियुक्ति विस. २०५७–४–१ भन्दा अघि नै भएको तर २०७३ साल पछाडि अर्को तहमा नियुक्ति लिएको हकमा २०७३ श्रावण १ देखि सो नियुक्ति लिनु अघिको अवधि सम्म मात्र गणना गर्ने ।

(ख) वि।स। २०५७–४(१ भन्दा अगाडि तालिम प्राप्त भएको प्रमाण पत्रको प्रतिलिपी (तालिम प्राप्त शिक्षकभन्नाले प्राथमिक तहको शिक्षक भए १० महिने सेवा कालिन तालिम वा एसएलसीमा ४०० पूर्णाङ्कको शिक्षा विषय लिएको, निम्न माध्यमिक तहको शिक्षक भए आईएड वा शिक्षा विषय लिई कक्षा १२ उत्तीर्ण वा दश महिने सेवाकालिन तालिम लिएको र माध्यमिक तहको शिक्षक भए कम्तिमा विएड वा १० महिने सेवा कालिन तालिम पुरा गरेको शिक्षक सम्झनु पर्दछ । यसका साथै विस २०५७–४–१ भन्दा अगावै शिक्षा विषय लिई कक्षा १२ उत्तीर्ण वा आईएड वा विएड उत्तीर्ण भएका प्राथमिक शिक्षक र विएड उत्तीर्ण भएका निम्न माध्यमिक शिक्षकहरुलाई समेत तालिम प्राप्त शिक्षक सम्झनु पर्दछ ।

(ग) अवकाश प्राप्त शिक्षकको हकमा माथि बुँदा नं. (क) र (ख) मा उल्लेख भएका कागजात सहित अवकाश पत्रको प्रतिलिपि समावेश गरेको हुनुपर्ने ।

७. विद्यालयले बुदा नं. ६ वमोजिमका कागजातहरु रुजु र प्रमाणित गरी रकम प्रस्ताव गरी निकासाका लागि सम्बन्धित स्थानीय तहमा माग फारम पेश गर्ने ।

८. स्थानीय तहले विद्यालयले सिफारिस गरेका कागजात हेरी रकम एकिन गरी शिक्षकको तलव भत्ता शीर्षकमा विनियोजन भएको रकमबाटै उक्त शिक्षकहरुको छुट प्राविधिक ग्रेड रकम सम्बन्धित विद्यालयको खातामा निकासा दिने, यसरी निकासा दिन विनियोजित रकमबाट नपुगहुने भएमा नपुग हुने रकम एकिन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गरी पठाउने।

९. विद्यालयले प्राप्त निकासा रकमबाट सम्बन्धित शिक्षकलाई भुक्तानी गर्ने व्यवस्था गर्ने ।

१०. सेवा निवृत्त शिक्षकको अवकाश पछिको औषधोपचार, संचित बिरामी बिदा, उपदानर निवृतभरणमा छुट प्राविधिक २ थप ग्रेडले हुने थप रकम व्यवस्थाका लागि स्थानीय तहले आवश्यक कागजात रुजू गरी राष्ट्रिय कितावखाना (शिक्षक)लाई सिफारिस गरी पठाउने।

११. स्थानीय तहले आगामी आर्थिक वर्षको हकमा नियमित तलवी प्रतिवेदनमा नै प्राविधिक ग्रेड समावेश गरी पारित गर्न राष्ट्रिय कितावखाना (शिक्षक) मा पेश गर्ने व्यवस्था मिलाउने ।

१२. केही शिक्षकहरुले २०७१ श्रावण देखि नै जिल्ला शिक्षा कार्यालयले ग्रेड कटौती गरेकोले सो समेत पाउनुपर्छ भनी माग गरेको र सम्मानित सर्वोच्च अदालतको आदेशमा २०५७ साल श्रावण १ गते भन्दा अगाडि नियुक्तिपाई प्राविधिक २ ग्रेड थप खाइपाइ आएका शिक्षकहरुले उपरोक्त अनुसार भुक्तानी पाउन बाँकी रहेको भए सो समेत भुक्तानी गर्न गराउन भनी परमादेश जारी भएकाले यस्ता शिक्षकको हकमा विद्यालयले माथि बुदा नं. ६ मा उल्लेख भएका कागजातका अतिरिक्त आर्थिक वर्ष २०७०-७१ को तेश्रो चौमासिक माग फारमको प्रतिलिपि र तलवी भरपाई तथा २०७१ श्रावणदेखि २०७३ आषाढ सम्मको माग फारम र तलवी भरपाइको प्रतिलिपि सहितको विवरण सहित स्थानीय तहमा पेश गर्ने । स्थानीय तहले त्यस्तो विवरण रुजु तथा एकिकृत गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने । शिक्षा विकास तथा समन्वय इकाइले

जिल्लाभरिको विवरण एकीकृत गरी भुक्तानी गर्न बाँकी रहे नरहेको कार्यालयमा रहेको अभिलेख भिडाई एकिन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउनु पर्नेछ । यस्ता शिक्षकहरुको आर्थिक वर्ष २०७३र७४ देखि यताको हकमा माथि उल्लेख भएबमोजिम अन्य शिक्षकहरु सरह नै गर्ने ।

१३. छुट प्राविधिक ग्रेड एकिन गर्दा देहायका विषयहरुमा ध्यान दिनु पर्नेछः

(क) माध्यमिक तह प्रथम श्रेणीमा कार्यरत वा माध्यमिक तह प्रथम श्रेणीमा बढुवा भएका शिक्षकहरुको बहुवा भएको मितिबाट थप प्राविधिक ग्रेड प्राप्तहुने छैन ।

(ख) मिति २०५७–०४–०१ भन्दा अघि कुनै एक तहमा नियुक्ति भै प्रावधिकि ग्रेड खाइ पाइआएको शिक्षकले मिति २०५७–०४–०१ वा सो भन्दापछि अर्को तहमा खुला प्रतिस्पर्धाबाट स्थायी नियुक्ति लिएको भएमा निज शिक्षकले सो मितिबाट खाइपाइ आएको थप २ प्राविधिक ग्रेड पाउने छैन । तर एउटै तहको एक श्रेणवाट अर्को श्रेणीमा वढुवा भएको हकमा माध्यमिक तह प्रथम श्रेणी वाहेक अन्य श्रेणीको हकमा थप २ (दुई) प्राविधिक ग्रेड पाउने छ ।

(ग) स्थानीय तहले छुट प्राविधिक ग्रेड माग गरेका शिक्षकहरुको कागजात रुजु पश्चात तलवी प्रतिवेदनको कैफियत महलमा स्पष्ट रुपमा उल्लेखगरी राष्ट्रिय कितावखाना(शिक्षक) मा सिफारिस गर्नु पर्नेछ ।

(घ) विस. २०७३–०४–०१ पछि ग्रेड समायोजन भएका शिक्षकहरुको छुट प्राविधिक ग्रेड रकमको व्यवस्थागर्दा ग्रेड समायोजन गर्दा खाइपाइ आएको ग्रेडमा नपुग ग्रेडको रकम मात्र थप गरी मिलानगर्नु पर्नेछ।

 

A Levels MA
Thuprai - Books and E-books