After SEE Portal

निमावि लाइसेन्स परीक्षामा ८ प्रतिशत मात्र उत्तीर्ण (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अननुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोल सार्वजनिक गरेको नतिजा अनुसार ८.६१ प्रतिशत परिक्षार्थी मात्र  उत्तीर्ण  भएका छन् ।

लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ जना उत्तीर्ण भएका हुन् । सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ । 

कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका मध्य २ हजार १३० जना उत्तीर्ण  भएका छन् । मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएका मध्यबाट १ हजार ६१४ जना उत्तीर्ण भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएका मध्य २ हजार २ जना पास भएका छन् । भने गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीर्ण  भएका छन् । 

त्यस्तै लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएकामध्य २ हजार ८६३ जना उत्तीर्ण  भएका छन् । कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएकोमा १ हजार ५७४ जना उत्तीर्ण  भएका छन् । र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीर्ण  भएका थिए । 

आयोगले परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अनलाइन फाराम भर्दा आफ्नो नाम थर, बाबुको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना फरक परेको भएमा मंसिर २७ गतेभित्र सच्याउन समय दिएको छ ।

साथै अध्यापन अनुमतिपत्रमा आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको एक वर्षभित्र सच्याई सक्नु पर्ने आयोगले जनाएको छ । त्यसपछि विवरण सच्याउन नपाइने आयोगले जनाएको छ । 

कोशी प्रदेशको नतिजा 

मधेश प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा

कर्णाली प्रदेशको नतिजा 

 सुदूरपश्चिम प्रदेशको नतिजा

A Levels MA