After SEE Portal

७५ प्रतिशत विद्यालय बन्द

Bridge Course

विद्यालय कर्मचारी परिषद्को पूर्व घोषित कार्यक्रम अनुसार ७५ प्रतिशत  सामुदायिक विद्यालयमा तालाबन्दी गरिएको छ ।  परिषदको पूर्व घोषित कार्यक्रम अनुसार परिषद्ले देशभरका सामुदायिक विद्यालयमा ताला बन्दी गरेको हो ।

सरकारले आफ्ना माग र मुद्दा कार्यान्वयनमा  चासो नदेखाएको हुँदा विदालय बन्द गर्नु परेको परिषद्ले जानकारी दियो । सरकारले आफ्ना मागको सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने  परिषद् बताउँछदै आएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परिषद्लाई वार्तामा बोलाएका छन् । आधिकारीक पत्र नपाएसम्म परिषद्का अध्यक्ष गंगाराम तिवारी जानकारी दिए ।

 भदौ गते शिक्षा तथा मानव स्रोत केन्द्रमा धना, दुई गते केन्द्रको मुलगेटमा ताला लगाए पनि पाँच मिनेट नपुग्दै ताला खोलिएको थियो । दिएर सुरु भएको परिषद्को आन्दोलन केही दिन यता माइतीघर मण्डलमा धर्ना दिन पुगेको परिषद् विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो ।

परिषद्ले आठ गते सम्म माइतीघर मण्डलामा धर्ना दिने, ९ गते खुला  मञ्चदेखि माइतीघर सम्म विरोध र्याली आयोजना गर्ने, १० र ११ गते डिजिटल आन्दोलन गर्ने, १२ गते देखि १८ गते सम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने, १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।

 

A Levels MA