After SEE Portal

विश्व निकेतनका एकै जनालाई एक दर्जन बढी शीर्षकमा पुरस्कार

Bridge Course

त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले आज आयोजना गरेको हीरक महोत्सवमा २०७७ को एसईईमा ४.०० जीपीए ल्याउने एक विद्यार्थीलाई प्रमाणपत्र, ९ ओटा पदक र ९ शीर्षकमा नगद पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्दै विद्यालयले आज आफ्नो स्थापनाको ७५ औं वर्षगाठमा विद्यार्थी अभिषेक सुवेदीलाई सातओटा पदक प्रदान गरेको हो ।

विद्यार्थी सुवेदीलाई नरमान स्मृति पदक तथा पुरस्कार, रतीराम अग्रवाल नगद पुरस्कार, जुलुम मास्के तथा चन्द्रमान मास्के पुरस्कार, लक्ष्मण विक्रम पुरस्कार, नेत्रप्रसाद शर्मा (सिलवाल) र सुरेन्द्र जया स्मृति पुरस्कार लगायत प्रमाणपत्र सहित ९ ओटा पदक र ९ ओटा शीर्षकमा नगद पुरस्कार प्रदान गरेको छ ।

प्रमाणपत्र, ९ ओटा पदक र ९ शीर्षकमा नगद पुरस्कार हात पार्न सफल विद्यार्थी अभिषेक सुवेदी ।

सो महोत्सवमा विद्यालयले २०७७ सालको एसईईमा ३.६–४ जीपीए ल्याउने सुवेदी सहित सबै विद्याथीलाई पुरस्कृत गरेको छ । सोही वर्षको एसईईमा विषयगत रुपमा उत्कृष्ट विद्यार्थी, कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थी, २०७७ मा नै पूर्व प्राथमिक देखि कक्षा ९ सम्मका प्रथम, दृतीय र तृतीय प्राप्त गर्ने विद्यार्थीलाई विभिन्न पदक तथा पुरस्कार प्रदान गरेको छ ।

यसैगरी सो विद्यालयमा लामो समय काम गर्ने शिक्षक तथा कर्मचारीलाई पनि विभिन्न शीर्षकमा पदक तथा सम्मान प्रदान गर्दै महोत्सव सम्पन्न भएको हो ।

उक्त महोत्सवमा आधारभूत तहका छात्रतर्फ उच्चतम अंक ल्याउने छात्रछात्रालाई शान्ति मानन्धर स्मृति नगद पुरस्कर, प्राथमिक तहको उत्कृष्ट छात्रछात्रालाई सुशीला दाहाल नगद पुरस्कार प्रदान गरेको छ भने, प्राथमिक तहकै दुई जनालाई मीनु ज्ञावली नगद पुरस्कार प्रदान गरेको छ ।

उक्त महात्सवमा २०७७ को एसईईमा ३.६–४ जीपीए ल्याउने ४८ जनालाई विद्यालयले सम्मान गरेको छ । त्यसैगरी विद्यालयमा स्थापना गरिएको नरमान स्मृति पदक तथा पुरस्कार ६ जनालाई, रतीराम अग्रवाल नगद पुरस्कार ६ जनालाई, जुलुम मास्के तथा चन्द्रमान मास्के पुरस्कार ४ जनालाई, लक्ष्मण विक्रम पुरस्कार दुई जनालाई प्रदान गरेको छ ।

त्यस्तै कक्षा ११ को २०७८ को परीक्षामा विभिन्न समूहमा उत्कृष्ट विद्यार्थीलाई प्राडा तुलसीराम बैद्य पुरस्कार एक जनालाई, विश्व निकेतन मावि नगद पुरस्कार एक जनालाई प्रदान गरेको छ । त्यस्तै स्व. अनिशा–सन्ध्या स्मृति पदक पुरस्कार ४ जनालाई, स्व. अनिशा–सन्ध्या स्मृति नगद पुरस्कार ८ जनालाई प्रदान गरेको छ ।

त्यसैगरी कक्षा १२ को २०७८ कै परीक्षामा उत्कृष्ट विद्यार्थीलाई माधवप्रसाद अधिकारी स्मृति पुरस्कार २ जनालाई, मोतिकाजी स्मृति पदक एक जनालाई, भोषराज शर्मा स्मृति नगद पुरस्कार चार जनालाई , नेत्र प्रसाद शर्मा (सिलवाल) स्मृति नगद पुरस्कार दुई जनालाई, सुरेन्द्र जया स्मृति नगद पुरस्कार दुई जनालाई प्रदान गरेको छ ।

सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछः शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाललका सार्वजनिक विद्यलायलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताएका छन् । विश्व निकेतन माविको हीरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले शिक्षकको सक्रियताको आवश्यकतालाई महसुस गर्दै नेपाल शिक्षक महासङ्घसँग छलफल गरेर शिक्षकका माग सम्बोधनका लागि सरकारले सहमति गरेको धारणा व्यक्त गरे ।

मन्त्री पौडेलले दश वर्षे शिक्षा सुधारका कार्ययोजना तर्जुमा हुँदै गरेको र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सरकार र सबैले साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।

उनले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको अवगत गराउँदै शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य र मेहनताका कारण विद्यालयको शैक्षिक स्तरमा सुधार आएको बताए ।

१० लाखको अक्षयकोष स्थापना

हीरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्य ज्योती तथा मिरा ज्योती’ नामक अक्षयकोषको स्थापना गरिएको छ । वार्षिक रुपमा उत्कृष्ट शिक्षक विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले रु. १० लाखको अक्षयकोषको स्थापना गरेको सौरभ ज्योतीले घोषणा गरेका हुन् ।

आफ्ना बुबाआमाको नाममा हीरक महोत्सवका अवसरमा ज्योतीले सार्वजनिक रुपमा अक्षयकोष स्थापना गरिएको घोषणा गरेका छन् ।

A Levels MA