जनप्रभात माध्यामिक विद्यालयको ६९औँ वार्षिकोत्सव

काठमाडौँ, ११ वैशाख (रासस) : जनप्रभात माध्यामिक विद्यालयले ६९औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ शिक्षासेवी तथा दातालाई सम्मान गरिएको छ ।

विद्यालयको शिक्षा तथा भौतिक पूर्वाधारको विकासमा योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा पूर्व प्रधानाध्यापक वसन्तकुमार मानन्धर, शिक्षिका दुर्गाकुमारी मानन्धर तथा समाजसेवी मनमोहन कृष्ण श्रेष्ठ, शिवबहादुर श्रेष्ठ र मीनु हाडालाई प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सम्मान गर्नुयभयो ।

कार्यक्रममा उहाँले लामो समयदेखि मुलुकको शैक्षिक क्षेत्रको विकासमा सामुदायिक विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि पछिल्लो समय निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा गुणस्तरीय शिक्षा दिन आफ्नो ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डङ्गोलले आगामी दिनमा मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालन गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो । प्रधानाध्यापक सत्येन्द्रलाल कर्णले विद्यालयको आयव्यय तथा शैक्षिक गतिविधिबारे जानकारी दिँदै हाल ७०० विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal