After SEE Portal

काउन्सिलद्वारा ६५औं वर्षगाठका उपलक्ष्यमा प्रर्दशनी

Bridge Course

ब्रिटिस काउन्सिल नेपालले आफ्नो सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष प्रर्दशनी मार्फत स्मरण गर्ने भएको छ ।

बेलायत नेपाल मैत्री सन्धीको शतवार्षिकी उत्सबले दुई मुलुकबिचको सास्कृतिक तथा शैक्षिक सम्बन्धलाई सुध्रिढ बनाउन उल्लेख्य भूमिका खल्ने आयोजकको दाबी छ । नेपालका लागि बेलायती राजदूत महामहीम रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे। राजदूत रब फेनले भने, “ बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थाई रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबिचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुध्रिढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।“

त्यसैगरी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भने, “ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ, बिगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ । दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुधिढ बनाउन सघाउँदछ ।”

बेलायत र नेपाल बिच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो ।

लण्डन मूख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टाएको छ ।

A Levels MA