After SEE Portal

६ महानगरको शिक्षामा बजेट, केही नयाँ धेरै पुरानै कार्यक्रमलाई निरन्तरता

Bridge Course

सघीय संसद गत जेठ १५ गते घोषणा गरेको बजेटका विषयमा अहिलेसम्म व्यस्त छ । प्रदेश सरकारले पनि आफ्नो आगामी वर्षको बजेट घोषणा गरिसकेका छन् । भने अधिकांश स्थानीय सरकारले पनि आफ्नो आगामी वर्षको बार्षिक बजेट विनियोजन गरिसकेका छन् । केही स्थानीय सरकारले संघ सरकारका कार्यक्रममा नै केही बजेट थप गरेका छन् भने केहीले नयाँ कार्यक्रम सहित आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले रु. ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ ।

विराटनगर महानगरपालिकाले आन्तरिक स्रोत तर्फबाट ७ करोड रकम विनियोजन गरेको छ । कुल वजेटको २२ प्रतिशत बजेट शिक्षामा विनियोजन गरेको महानगरपालिकाले जानकारी दियो । शिक्षामा कुल रु. ६७ करोड ९४ लाख बजेट विनियोजन भएको जनाएको छ ।

वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपियाको बजेट ल्याएको छ । महानगरले शिक्षाम बजेट रु. रु। १२ करोड २० लाख विनियोजन गरेको छ ।

गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सामुदायिक विद्यालय शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गरिने, संस्थागत विद्यालयहरुको सूचकमा आधारित वर्गीकरण गरी वैज्ञानिक शुल्क निर्धारण गरिनेछ । स्वयंसेवक शिक्षक कार्यक्रमका लागी रु. ४ करोड ७५ लाख विनियोजन गरेको छ ।

सबै विद्यालयमा सुविधा युक्त विज्ञान प्रयोगशाला निर्माण गरी स्मार्ट कक्षाको अवधारणा लागू गर्न प्रारम्भिक कार्य अघि बढाईने उल्लेख गरेको छ ।

जिल्ला समन्वय समिति सँगको लगानी साँझेदारीमा पूर्वाधार अभाव भएका विद्यालयमा भवन तथा फर्निचर पूर्वाधार निर्माण गरिने, उद्योगी व्यवसायी एवं कर्पोरेट घरानाहरुलाई १–१ वटा सामुदायिक विद्यालय संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अङ्गीकार गरी शिक्षा पूर्वाधार एवं शिक्षण सामग्रीहरुको प्रबन्ध गर्न प्रेरित गरिने बजेट भाषणमा उल्लेख गरेको छ । सीटीईभीटीको सहकार्यमा प्राविधिक शिक्षालय वीरगंज महानगरमा स्थापना गर्न विशेष पहल गरिने र नगरभित्र स्थापित पुस्तकालयहरुलाई डिजिटलाईजेशन गरी ई(लाईब्रेरी सेवा सञ्चालन गरी आधुनिकीकरण गरिने उल्लेख गरेको छ ।

काठमाडौं महानगरपालिकाको बजेट

“गरिखाने शिक्षा, महानगरको इच्छा”, कार्यक्रम सञ्चालन गनेृ, बुक फ्रि फ्राइडे, निजी विद्यालयको छात्रवृत्तिमा नियमन तथा साप्ताहिक आफ्नो मातहतका विद्यालयको अनुगन जस्ता संघीय सरकारले वर्तमान अवस्थामा गर्न नसकेका काम गरिरहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि रु. २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेट विनियोजन गरेको छ । त्यसमध्ये शिक्षामा बजेट रु.१ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये “गरिखाने शिक्षा, महानगरको इच्छा” योजना न्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न रु ५० करोड विनियोजन गरेको छ ।

सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि रु ५ करोड रकम विनियोजन गरेको बजेटमा उल्लेख छ ।

प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रमलाई थप विस्तार गर्दै सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गर्ने बजेट भाषणामा उल्लेख गरेको छ ।

महानगरले कक्षा ८ सम्म महानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएकोमा आर्थिक वर्ष २०८०–८१ देखि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन बजेट विनियोजन गरेको छ ।  शिक्षकको तलब मासिक रुपमा भुक्तानी गर्न रु. ३० करोडको सोधभर्ना कोष स्थापना गर्ने घोषणा गरेको छ । सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको लागि मासिक भत्ता वृद्धि गरिएको भनेको छ । तर कति वृद्धि गरिएको भन्ने उल्लेख गरेको छैन ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु. ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ । आन्तरिक स्रोत बाट बार्षिक बजेट ६ अर्ब माथि बजेट विनियोजन गर्दा शिक्षामा बजेट रु. ५ करोड मात्र गरेको छ । चालु आवमा रु. ४ करोड ५० लाख शिक्षामा बजेट छुट्याएको महानगरले आगामी वर्षका लागि ५० लाख थप गरेको छ । सूर्यविनायक नगरपालिकाको प्रधानाध्यापक छनोट प्रक्रिया अवलम्बन गर्ने, दिवा खाजालाई निरन्तरता दिने, वालविकास कक्षा थप व्यवस्थित गर्ने, कक्षा ३ सम्म नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागु गर्ने,सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवालाई कार्यविधि बनाई व्यवस्थित गर्ने लगायतका कार्यक्रममा बजेट खर्च गर्ने घोषणा गरेको छ ।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि रु. ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट पेश गरेको छ । महानगरपालिकाले शिक्षामा बजेट आन्तरिक स्रोत तर्फ रु. १३ करोड ३० लाख वजेट विनियोजन गरेको छ ।

शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइने, प्रारम्भिक बाल विकास केन्द्र तथा पूर्व प्राथमिक कक्षाहरूको व्यवस्थापन सुधार, बाल विकास केन्द्रको वर्गीकरण गर्नुका साथै क श्रेणीका बाल विकास केन्द्रलाई थप प्रोत्साहन उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । बाल विकास शिक्षिका उमेर हदका कारण अनिवार्य अवकाश हुँदा सहयोग स्वरूप आगामी वर्षबाट एकमुष्ठ रकम एक लाख रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

महानगरबाट विनियोजन हुने बजेटका अतिरिक्त वडामा छुट्ट्याइएको बजेटबाट कम्तीमा १० प्रतिशत शिक्षा विकासका लागि विनियोजन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रमा उल्लेख छ। अति सिमान्तकृत र लोपोन्मुख समूहका विद्यार्थीलाई प्रदान गरिँदै आएको महानगर छात्रवृत्तिमा आगामी वर्ष दलित विद्यार्थीहरूलाई समेत थप गरी प्रदान गर्ने उल्लेख गरेको छ ।

समयसापेक्ष सूचना प्रविधिमा आधारित सिकाइका लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई आइसीटी तालिम प्रदान गरिने उल्लेख गरेको छ ।  सामुदायिक माध्यमिक विद्यालयमा स्थापना भएका विज्ञान, गणित, भाषा र सामाजिक प्रयोगशालाहरूलाई स्टिम एजुकेसनको अवधारणा अनुरूप कार्यान्वयनमा ल्याइने घोषणा गरेको छ ।

माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।  शैक्षिक क्यालेन्डर निर्माण गर्ने, जस्तापाताको छानो भएका सबै कक्षाकोठामा फल्स सिलिङ र विद्यालय कलर कोड अनुसार सबै विद्यालयको रङ्गरोगनको कार्य सञ्चालन गर्ने भएको छ । पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ । वडा नं. २६ को आदर्श मावि दिव्यनगरमा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि स्रोतकक्षा चालु शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने, चितवन माविमा सञ्चालित बहिरा स्रोतकक्षालाई व्यवस्थित गरी हाल कक्षा ७ सम्म पठनपाठन हुने गरेकोमा थप शिक्षकलाई साङ्केतिक भाषाको तालिम प्रदान गरी क्रमशः माध्यमिक तहको कक्षा १२ सम्म पठनपाठनको व्यवस्था मिलाइने उल्लेख गरेको छ ।

एक कक्षा एक शिक्षक कार्यक्रममार्फत् युवा स्वयंसेवक शिक्षक परिचालनलाई निरन्तरता दिने, स्थानीय पाठ्यक्रममा आवश्यक परिमार्जन गर्दै शिक्षक निर्देशिका विकास गरी कार्यान्वयनमा ल्याइने उल्लेख गरेको छ ।

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु. ७ अर्ब १५ करोडको बजेट सार्वजनिक गरेको छ । शिक्षा क्षेत्रका लागि रु. १८ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा २० करोड बढि रकम विनियोजन गरेकोमा यो वर्ष शिक्षामा थोरै बजेट विनियोजन गरेको छ ।

शिक्षाको गुणस्तर वृद्धि गर्न प्रध्यानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन र विद्यार्थीको दिवा खाजाको लागि नेपाल सरकरले प्रदान गरेको प्रति विद्यार्थी प्रतिदिन रु १५ मा महानगरबाट रु १० थप गरि प्रतिदिन २५ पुर्याउनका लागि रु। ४ करोड ६५ लाख विनियोजन गरेको छ ।

महानगरवाट संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु ३ करोड ३३ लाख छुट्याइएको छ । शिक्षातर्फ छरिएर रहेको साधन स्रोतलाई एकीकृत गर्दै विद्यालयमा पहुँच एव गुणस्तर वृद्धि गर्न र बृहत विद्यालय सञ्चालन गर्न विद्यालय नक्सांकन एवं विद्यालय मर्जरका लागि कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ता अनुदान तर्फ रु। ४ करोड ६५ लाख विनियोजन गरेको छ । शिक्षकहरुको दैनिक शिक्षण सिकाई क्रियाकलापको व्यावहारिक समस्या समाधान गर्ने गरी छोटो अवधिमा तालिम सञ्चालन गर्न रकम विनियोजन गरिएको छ ।विद्यालयको प्रारम्भिक खुड्किलोको रुपमा रहेको बालबिकास केन्द्रको सवलीकरण भएमा योग्य मानव संशाधन उत्पादन हुने निश्चित छ । बालबिकास केन्द्रका लागि रु ४० लाख विनियोजन गरिएको छ ।

महिला शिक्षकहरुको प्रसुती विदामा दैनिक शिक्षण सिकाई प्रभावित हुने भएकाले सोको समाधानका लागि सट्टा शिक्षक व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गरिएकोछ । महानगरको कला, संस्कृति, साहित्य, संगीत तथा प्राज्ञिक क्षेत्रमा क्रियाशील महानगरस्तरको पोखरा

प्रज्ञा प्रतिष्ठानलाई साधन स्रोत सम्पन्न बनाई प्राज्ञिक उत्कृष्ट केन्द्रका रुपमा विकास गरिने उल्लेख गरेको छ ।

खेलकुदको प्रवर्द्धन र विकासका लागि विद्यालय तहदेखि राष्ट्रिय स्तरका प्रतियोगितामा महानगरले सहकार्य र आयोजना गरिरहेको छ । खेलकुद पूर्वाधार र प्रबर्द्धन कार्यका लागि आगामी वर्ष रु। १ करोड २५ लाख विनियोजन गरिएको छ ।

कक्षा ६ देखि १२ सम्मका छात्रहरुका लागि विद्यालयमा उपलब्ध हुने गरी निःशुल्क सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ। यसका लागि रु १ करोड ५३ लाख बजेट व्यवस्था गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books