After SEE Portal

थाकस छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी सङ्कलन

Bridge Course

थारु कल्याणकारिणीसभा चितवनले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी रकम सङ्कलन भएको छ । विसं २०७७ भदौमा स्थापना गरेको कोषमा रु छ लाख बढी रकम सङ्कलन भएको हो ।

थारु युवालाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन सभाले सुरु गरेको यस अभियानमा हालसम्म १०५ सहभागी छन् । मङ्गलबार भरतपुरमा गरेको छलफल तथा सम्मान कार्यक्रममा कोषका संयोजक जीतबहादुर महतोले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट पाँच लाख २८ हजार बढी सङ्कलन हुँदा प्राप्त व्याजसहित कूल रु ६ लाख १० हजार नौ सय ७८ सङ्कलन भएको जानकारी दिए । उनले अक्षयकोषमा अझै धेरैको सहभागिता आवश्यक रहेको जनाउँदै सहयोगका लागि आह्वानसमेत गरे।

थाकस चितवनका अध्यक्ष ललितकुमार चौधरीले अक्षयकोषबाट छिट्टै विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बताए । पछिल्लो समय थारु समुदायका युवा उच्च शिक्षा हासिल गर्नतर्फ अग्रसर नरहेको देखिएको जनाउँदै शिक्षामा अगाडि बढाउन सहयोग गरिने उनले बताए ।

कार्यक्रममा शिक्षक कारी महतोले जिल्लाको शिक्षा क्षेत्रमा थारु समुदायले गरेको योगदान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार शिक्षण संस्था स्थापना र सङ्चालनका लागि चितवनका थारु समुदायले ३९ बिघा भन्दा बढी जमिनसमेत सहयोग गरेका छन् ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, डा सञ्जय चौधरी, इन्टरनेशनल सेकेण्डरी स्कुल खैरहनीका प्राचार्य धनवीर चौधरी, शिक्षक समिता चौधरीलगायतले थारु समुदायको शिक्षा र अक्षय कोषको बारेमा आफ्नो धारणाराखेका थिए ।

A Levels MA