५ बर्षे वीए.एल.एल.वी. चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धमा ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ५ बर्षे वीए.एल.एल.वी चौथो वर्ष २०७६ का आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई २०७७ साल माघ २५ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराइन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ । २०७७ साल माघ २५ गते पछि एक हप्तासम्म दोब्बर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन ।

साधारण म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोब्बर दस्तुरको पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम क्याम्पसहरुले बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरीएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal