After SEE Portal

त्रिविको ४७ औं दीक्षान्त समारोहमा दुई जनालाई तीनतीन, तीन जनालाई दुईदुई पदकले विभूषित गरिने

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले पुस पाँच गते हुने ४७ औं दीक्षान्त समारोहमा दुई जना विद्यार्थीलाई तीनतीन पदक र तीनजनालाई दुईदुई पदकले सम्मान गर्ने भएको छ । त्रिविले विश्वविद्यालयमा र सम्बन्धित विषयमा  उत्कृष्ट हुन सफल विद्यार्थीलाई तीनतीन र दुईदुई पदकले सम्मान गर्ने भएको हो ।

तीन पदकबाट विभूषित हुने विद्यार्थीहरुमा उपदेश सुवेदी र प्रमोद नेपाल रहेका छन् । थापाथली क्याम्पसका उपदेश सुवेदीले स्नातकोत्ततर तहमा प्रथम स्थान हासिल गरेको हुनले तीन पदक पाएका हुन् । उनले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, र रामप्रसाद मानन्धर स्वर्ण पदक हात पारेका छन् ।

त्यसैगरी अर्थशास्त्र केन्द्रीय विभाग , विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्रमोदले एमए अर्थशास्त्रमा प्रथम भएर तारापद चौधरी पदक, खगेन्द्रमनसिं पदक र चन्द्रराज ढुंगेल स्कृति पुरस्कार हात पारेका छन् ।

त्यस्तै अङ्ग्रेजी केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरका लता चटौतले एमए अङ्ग्रेजी साहित्यमा प्रथम भएर दुई पदक बाट विभूषित हुने अवसर पाएकी छिन् । उनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहन प्रसाद लाखे पदक हात पारेकी हुन् ।

त्यस्तै, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका प्रतिक्षा सिंहले एमए राजनीति शास्त्रमा प्रथम भएर ललित चन्द पदक र वडाकाजी मरिचमासिंह पदक हात पारेकी छिन् ।

त्यस्तैगरी, के एण्ड के इन्टरनेशनल कलेज,नयाँ बानेश्वरकी मन्दिरा  न्यौपानेले मानविकी संकय अन्तर्गत स्नातक तहमा प्रमथ भएर पिपल्स क्याम्पस तिर्थरत्न ब्रजाचार्य पदक र ज्ञानप्रसाद पुरस्कार प्रदान गर्ने भएको छ ।

त्रिविले विभिन्न विषयमा उत्कृष्ट १९ जनालाई २७ पदक तथा पुरस्कारले ४७ औं दीक्षान्त समारोहमा पुरस्कृत गर्ने भएको हो ।

A Levels MA
Thuprai - Books and E-books