After SEE Portal

पालिकामा ४५ विद्यालय,  बालबालिका विद्यालय बाहिरै

Bridge Course

करिब २० मिनेट हिडेपछि आफूले रोजेको विद्यालयमा पढ्न पाइन्छ । तर, तराईको प्रचण्ड गर्मी, यातायात असुविधा लगायतका करण देखाउँदै मोरङको जहदा गाउँपालिका वडा नम्बर २ मोहनपुर बस्तीका सबै बालबालिकालाई अभिभावकले अहिलेसम्म विद्यालयको ढोका टेकाएका छैनन् । केही समय अगाडि एउटा विकासे संस्थाले बालविकास कक्षा सञ्चालन गर्यो । केही समय बालबालिकाले सो कक्षा पढें तर कक्षा पुरा गर्न सकेनन् । किनकि सो संस्थाले बजेट अभाव देखाउँदै सहजकर्तालाई पारिश्रमिक दिएन । उनीहरूले कक्षा नै बन्द गरिदिए ।

गाउँपालिकमा सामुदायिक, परम्परागत र संस्थागत गरेर जम्मा ४५ ओटा विद्यालय छन् । त्यसमा ३० सामुदायिक, ६ मदरसा ९ ओटा संस्थागत विद्यालय छन् । पालिकाभरिका बालबालिकालाई हिडेर विद्यालय पुग्न धेरैमा २५ मिनेट पैदलदुरीको यात्रा गर्नुपर्छ । करिब ८ हजार मानिस बसोबास गर्ने सो वडाको मोहनपुर बस्तीका बालबालिका अझै पनि विद्यालय जानबाट बञ्चित छन् ।

विशेषगरी सन्थाल जातिको बाहुल्यता रहेको सो पालिकामा सन्थाल जातकै नाममा विद्यालय सञ्चालनमा आएका छन् । सो पालिकाको वडा नम्बर २ मा श्रीमावि, जनता मावि, सन्थाल आवि, हरिनगरा आवि, कालि आवि, जन आधारभूत विद्यालय गरी पाँचओटा आधारभूत तहको पठनपाठन हुने विद्यालय छन् । भने सोही वडामा एउटा मदरसा सञ्चालनमा छ ।

करिब २० मिनेटको पैदल दुरीमा विद्यालय पर्ने हुँदा बालबालिका विद्यालय पठाउन नसकिएको अभिभावकहरू बताउँछन् ।

वडा केही वर्ष अगाडि नै साक्षर घोषणा भइ सकेको छ । वडाको साक्षरता प्रतिशत ९० भन्दा माथि रहेको वडाले जानकारी दियो वडाका अनुसार तराईको भूभाग भए पनि यातायातको असुविधाका कारण बालबालिकाहरू विद्यालय नगएका हुन् ।

पालिकाका शिक्षा शाखा प्रमुख दिपक खनालका अनुसार सो बस्तीमा करिब ४५ परिवार सन्थालको बस्ती छ । त्यो बस्तीका बालबालिकालाई अहिले सम्म विद्यालय प्रवेश गराउन सकिएको छैन । भर्ना अभियानका क्रममा धेरै बालबालिका धुलो खेलिरहेको भेटिएपछि सो बस्तीका लागि बालविकास कक्षा सञ्चालन गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

पालिकाले पूर्व वालकक्षा शिक्षकलाई नै जिम्मेबारी दिएर बालकक्षा सञ्चालन गराउने निर्णय गरिसकेको प्रमुख खनालले जानकारी दिए ।

कमजार आर्थिक अवस्था छ । आम्दानीको मुल स्रोत नै अभिभावकको ज्याला–मज्दुरी हो । बालबालिका पनि आमाबुबालाई काम सघाउने, भाइ बैनी हेर्ने जिम्मेबारीले गर्दा नियमित विद्यालय जान नसक्ने पालिकामा नै कार्यरत एक अधिकृत बताउँछन् ।

तर अभिभावकको गुनासो भने विद्यालय आवत जावत गर्न नदीको बाटो भएर पठाउन नसकिएको दाबी गर्छन् । अभिभावकको माग भने बस्तीमा नै विद्यालय स्थापना गर्नुपर्ने रहेको छ ।

A Levels MA
Thuprai - Books and E-books