After SEE Portal

नेपालका ४३ विद्यार्थीले  क्याम्ब्रिज लर्नर अवार्ड प्राप्त

Bridge Course

नेपालका ४३ विद्यार्थीले  क्याम्ब्रिज लर्नर अवार्ड प्राप्त गरेका छन् । क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्डका विजेता घोषणा  गरेको हो ।

सन् २०२२ को नोभेम्बर र जुन २०२३ को क्याम्ब्रिज परीक्षा शृङ्खलामा नेपालका माध्यमिक विद्यालयका ४३ विद्यार्थी उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्याम्ब्रिज इन्टरनेसनल एएस एण्ड ए लेभलको परीक्षामा नेपालका ४३ भन्दा बढी विद्यार्थीले अवार्ड प्राप्त गरेका हुन् ।

‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड’ कार्यक्रमले विश्वका ४० भन्दा बढी देशहरूमा क्याम्ब्रिज इन्टरनेसनल एजुकेसनद्वारा लिइएको परीक्षामा नेपाली विद्यार्थीले उत्कृष्ट प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books