After SEE Portal

इन्जिनियरिङ स्नातकको शुल्क ४ लाख ९० हजार

Bridge Course

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले नयाँ शुल्क सार्वजनिक गरेको छ । आईओईले स्नातक तहका लागि  नयाँ शुल्क रु. ४ लाख ९० हजार शुल्क निर्धारण गरेको छ । आईओईले स्नातकतर्फ ३ लाख १८ हजार रुपियाँ शुल्क लिँदै आएकोमा त्यसको ५४ प्रतिशतले वृद्धि गरी ४ लाख ९० हजार पुर्याइएको हो ।

यसअघि  गत साउन २५ गते निर्णर्य गर्दै बीई, बीआर्क तहको शुल्क बढाएर ७ लाख ७५ हजार  ७२० रुपियाँ बनाएका भदौ ५ गते सूचना जारी गरेको थियो । विद्यार्थीको विरोधका कारण  आईओईका शैक्षिक तथा प्रशासनिककार्य प्रभावित भएका थिए ।

आईओई कार्यान्वयन समितिको असोज १९ को निर्णय नं. २८७९ अनुसार चार वर्षको धरौटी  नियमित अर्थात् छात्रवृत्तितर्फ ५६ हजार ७ सय रुपियाँ तोकिएको छ । भने विदेशी विद्यार्थीको हकमा भने १३ हजार १३ लाख ५०० रुपियाँ शुल्क कायम गरिएको छ ।

विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीसँग छलफल गरी शूल्क वृद्धि गरेको आईओईको दाबी छ । त्रिवि अन्तर्गत  आईओईका  ५ वटा आंगिक क्याम्पसमा इन्जिनियरिङका १२ वटा शैक्षिक कार्यक्रम सञ्चालन हुन्छन् ।  ती क्याम्पसमा २ हजार ४० सिटमध्ये ६ सय ३० सिट छात्रवृत्ति कोटाका लागि छुट्याइएको छ । आंगिक र निजी गरी १५ वटा क्याम्पसमा ४ हजार ३४४ सिटका लागि ९ हजार ३०० विद्यार्थीले प्रवेश परीक्षाका लागि यसअघि नै आवेदन दिइसकेका छन् ।

शुल्क वृद्धि गरेको संस्थानले प्रवेश परीक्षा कात्तिक १४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिसकेको छ । यसअघि आवेदन दिन छुट भएका विद्यार्थीले असोज २२ गतेदेखि २४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने डिन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

संस्थानले गरेको शुल्क वृद्धिप्रति विद्यार्थीले भने आपति जनाएका छन् । आर्थिक संकटको कारण देखाएर विद्यार्थीको सहमतिबिना गरिएको शुल्क वृद्धि स्वीकार्य नहुने र पुरानै शुल्क कायम गरी भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने उनीहरूको माग छ ।

आईओईले भने आर्थिक संकट तथा महगीका कारण २०५४ सालमा निर्धारण गरिएको शुल्कले कक्षा सञ्चालन गर्न नसकिने दाबी गर्दै आएको छ ।

A Levels MA