After SEE Portal

माध्यमिक तहका लागि साढे ३६ हजारले आवेदन दिए

Bridge Course

शिक्षक सेवा आयोगको खुला विज्ञापनअन्तर्गत अब माध्यमिक तहको आवेदन बुझाउने म्याद सकिएको छ ।

आयोगका अनुसार माध्यमिक तहका लागि ३६ हजार ५८२ जनाले आवेदन दिएका छन् ।

त्यस्तै निम्न माध्यमिक तहमा हालसम्म ८६ हजार ७१५ जना र प्राथमिक तहमा ९५ हजार ८६ जनाले आवेदन फाराम भरेका छन् ।

निम्न माध्यमिक तहका लागि आवेदन बुझाउने म्याद दुई दिन थप गरिएको छ । आयोगका अनुसार माघ १५ गतेसम्म निम्न माध्यमिक तहका उम्मेदवारले र माघ २० गतेसम्म प्राथमिक तहका उम्मेदवारले आवेदन बुझाउनसक्नेछन् ।

 

A Levels MA
Thuprai - Books and E-books