A Levels MA

३५ जना प्रधानाध्यापक सम्मानित

नेपाल शिक्षक सङ्घ स्थानीय समिति काठमाडौं महानगर पालिकाको तेस्रो प्रतिनिधि सभा ३५ जना प्रधानाध्यापकलाई सम्मान  गर्दै हिजो सम्पन्न  भएको छ ।

सो सभामा काठमाडौं महानगर भित्रका विभिन्न विद्यालयका ३५ जना प्रधानाध्यापकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नील बाराही माविका डा. जानुका नेपाल, तरुन माविका बाबुराम न्यौपान, रत्नराज्य माविका रामआशिष यादव, जनकल्यान माविका कुमारी कमला राई लगायतका प्रधानाध्यपकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काठमाडौं महागरपालिका नगर समिति अध्यक्ष नारायणप्रसाद गौतमले नगर समितिले दुई वर्षमा भए गरेका कार्यक्रमलाई समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा विद्यालयमा सञ्चालन गरिएका विद्यार्थी केन्द्रित अतिरिक्त क्रियााकलाय र सामुदायिक आधारभूत तहका १५० जना शिक्षकलाई चार पटक प्रश्नलेखन सम्बन्धी कार्यशाला सञ्चालन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

सो सभामा नेपाल राष्ट्रिय शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सभाले आगामी दिनमा अझै राम्रो प्रगति गर्ने आशा लिएको धारणा व्यक्त गरेका थिए ।

Thuprai - Books and E-books