After SEE Portal

३५ लाख थान पाठ्पुस्तक अझै छाप्न बाँकी,रुस युक्रेन युद्धले पाठ्यपुस्तक छपाइमा ढिला

Bridge Course

विद्यालय तहको ३५ लाख थान पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले अझै छाप्न सकेको छैन । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झाले ३५ लाख पुस्तक छाप्न बाँकी रहेको जानकारी गराएका छन् । 

उनले सो बैठकमा सबै पुस्तक छापिसकेर मात्र वितरण गर्ने तयारी गरेकाले विद्यालयमा पाठ्यपुस्तक छाप्न ढिलाइ भएको जानकारी दिए । कोरोना महामारी, स्थानीय तहको निर्वाचन र रुस युक्रेन युद्धका कारण भारतमा कागज अभाव भएको र भारतमै अभाव हुँदा नेपालमा पनि अभाव देखिएको महाप्रबन्धक झाले बताए । ‘गोरखापत्र, प्रज्ञाप्रष्ठिानसंग छाप्न अनुरोध गर्यौं कागज अभाव भएका कारण  छाप्न मानेन् त्यैले छपाइमा  ढिलाइ भयो ।’ उनले भने, कोभिड १९ को दोस्रो लहर, रुस युक्रेन युद्ध, स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छाप्न  सकिएन ।’ प्रबन्धक झाले अहिले प्रज्ञाप्रतिष्ठानले दैनिक २५ हजार थान पाठ्यपुस्तक  छापिरहेको उनले जानकारी दिए ।  

उक्त बैठकमा  शिक्षा समिति सदस्य तथा सांसद् योगेश भट्टराईले  आफूले गोप्य सुत्रबाट थाह पाए अनुसार ७५ लाख पाठ्यपुस्तक छाप्न बाँकी रहेको बताए ।  उनले  यहि गतिमा पाठ्यपुस्तक छापिने हो भने आगामी भदौ सम्म पाठ्यपुस्तक छापेर नसकिने बताए । 

सो बैठकमा  सम्बोधन गर्ने अधिकांश सांसदले पाठ्यपुस्तक छपाइमा ढिलाइ भएका कारण अर्को वर्षदेखि छपाइको विकल्पका बारेमा  चाँडै सोच्नु पर्ने धारणा राखेका थिए ।  

सो बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले जेठ ९ गतेबाट  पाठ्यपुस्तक वितरण गर्न  सुरु गरेको जानकारी दिए  । उनले आगामी वर्ष परिवर्तन हुने पाठ्यपुस्तक लेखकसंग केन्द्रमा  आज छलफलगरी अर्को वर्ष समयमा नै पाठ्यपुस्त छापिने जानकारी दिए ।  उनले कक्षा पाँचको पाठ्यपुस्तक लेखी सकिएको जानकारी दिए । 

शिक्षा मन्त्रालयका प्रतिनिधि प्रमिला ब्रजाचार्यले रुस र युक्रेनको युद्धले कच्चा पर्दा ढुवानीमा  समस्या भएको जानकारी दिइन् । उनले ६ हजार मेट्रिकटन कच्चा पादार्थ ल्याउनु पर्ने भए पनि नेपालले अहिलेसम्म २ हजार ९ सय मेट्रिकटन कागन  ल्याउन सकेको जानकारी दिइन् । 

समितिको आजको बैठकले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ ।

१ जेठदेखि नयाँ शैक्षिक सत्र सुरु भएको भए पनि अहिलेसम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । बजारमा पाठ्यपुस्तकको चरम अभाव देखिएपछि यस विषयमा छलफल गर्न बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीलाई बोलाएको थियो । उनीहरुसँगको छलफलपछि समितिले छापिसकेका पुस्तक तत्काल वितरण गर्न पनि निर्देशन दिएको छ ।

A Levels MA
Thuprai - Books and E-books