After SEE Portal

काठमाडौंका ३२ वटा विद्यालय नमुनाका रुपमा छनोट

Bridge Course

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका ३२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको छ ।

महानगरको आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा उल्लेख गरेको एक वडा एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत ३२ वडा वडाका एक एक विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको हो ।

छनोटमा परेका विद्यालयमा वडा नम्बर ४ का बासबारी मावि र पन्चकन्या आधारभूत विद्यालय रहेका छन् । त्यस्तै, वडा नम्बर १२ का दुई र २८ का दुईदुई विद्यालय रहेका छन् भने, अन्य वडाबाट एक एक विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको महानर शिक्षा विभागले जानकारी दियो ।

महानगर शिक्षा विभागका अनुसार वडा नम्बर दुई, २३ र २४ वडाबाट विद्यालय छनोट हुन सकेनन् । वडा नम्बर दुईमा एउटा पनि सामुदायिक विद्यालय नभएका कारण छनोटमा परेन ।

 

A Levels MA
Thuprai - Books and E-books