After SEE Portal

३१ हजार नेपाली विद्यार्थी विदेश जाँदा १६४ जना विदेशी विद्यार्थी नेपाल आए

Bridge Course

तीन महिनाको अवधिमा १६४ विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा)  लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलेआर्थिक वर्ष २०७९–८० को वैशाखदेखि असार मसान्तसम्मको विवरणमा उक्त सङ्ख्याका विद्यार्थीलाई नेपालमा विद्यार्थी भिसाका रुपमा आउन सम्बन्धित निकायलाई सिफारिस गरेको हो ।

 नेपालबाट उच्च शिक्षाका लागि  दैनिक करिब पाँच सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिइरहेको समयमा विदेशका विद्यार्थी पनि नेपालमा पढ्न आउनेक्रम देखिएको छ ।

वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार सो अवधिमा ३१ हजार १०४ जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुममतिपत्र प्रदान गरिएको जानकारी दियो ।

A Levels MA