After SEE Portal

त्रिविको चार वर्षमा ३०० बढी दिन ताला

Bridge Course

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकालमा अहिलेसम्म विभिन्न समयमा पटक पटक गरेर ३४१ दिन तालाबन्दी गरेको छन् । तत्कालीन त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक १७ गते आइतबार प्राडा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरे ।

त्रिवि ऐन, २०४९ को परिच्छेद ७ को दफा १८ को उपदफा (३) मा उपकुलपतिको पदावधि ४ वर्षको रहने व्यवस्था छ। ऐन अनुसार एउटा उपकुलपतिले आफ्नो पदमा रहेर १४६० दिन काम गर्न पाउँछ । वर्तमान उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले अब आफ्नो यो कार्यकालमा आजसहित काम गर्न ८७ दिन पाउँछन् । अथवा उनले अहिलेसम्म १३७३ दिन उपकुलपति बनेर काम गरिसकेका छन् ।

उनले नियुक्ति पत्र बुझेको भोलिपल्ट (२०७६ कार्तिक १८ गते सोमबार) पदभार सम्हाल्दै उपकुलपति प्राडा बास्कोटाले त्रिविलाई विश्वभर चिनाउन पहल गर्ने बताएका थिए ।

तर उनको कार्यकालमा त्रिविका पदाधिकारी कार्यकक्षमा विभिन्न शक्तिकेन्द्रको आडमा विद्यार्थी, शिक्षक लगायतका विभिन्न गुटले त्रिविलाई ३४१ दिन बन्धक बनाएका छन् । अहिलेसम्म विभिन्न समूहले त्रिविका पदाधिकारी कार्यकक्षमा ३४१ दिन अथवा एक शैक्षिक सत्र पुरै तालाबन्दी गरेका हुन् ।

आर्थिक सर्वेक्षण २०७९–८० का अनुसार आर्थिक वर्ष २०७८–७९ मा विभिन्न विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीको सङ्ख्या ६ लाख ८२ हजार ५ सय ८९ पुगेको छ । आर्थिक वर्ष २०७७–७८ मा यो सङ्ख्या ५ लाख ५६ हजार ७ सय ९७ रहेको थियो। यो तथ्याङ्कलाई हेर्दा अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष विश्वविद्यालयमा २२.६ प्रतिशत विद्यार्थी बढेको देखिन्छ । देशभर सञ्चालित विभिन्न ११ विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये त्रिवि र अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्याको अनुपात क्रमशः ७८.२ प्रतिशत र २१.८ प्रतिशत रहेको छ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार त्रिविको समग्रमा उत्तीर्ण प्रतिशत ४१ रहेको छ । उच्च शिक्षाको एक तिहाइ भन्दा बढी हिस्सा आगटेको त्रिविले नत शैक्षिक नत प्रशासनिक, नत पूर्वाधारमा नै विकास गर्न सकेको छ ।

त्रिविका उपकुलपति प्राडा बास्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साउन १९ को बैठकमा रकारले स्वीकृत दरबन्दीबापतको रकम उपलब्ध नगराएको, निवृत्तिभरणको दायित्व नलिएको, २ वर्षदेखि बढेको तलब नपाएको कारणले विश्वविद्यालय सञ्चालनमा कठिनाई भएको समितिको बैठकमा अवगत गराएका थिए ।

 उनले भूकम्पले क्षति भएका भवनका लागि सरकारले अन्य क्षेत्रमा लगानी गरेपनि उच्च शिक्षामा अनुदान नदिएको कारणले रेड स्टिकर भएका क्याम्पसमा कक्षा सञ्चालन गर्नुपरेको तथा चर्को राजनीतिक हस्तक्षेप र संरक्षणका कारणले उच्च शिक्षामा सुधार गर्न गाह्रो भएको धारणा राखेका थिए ।

त्रिविको अझ रोचक विषय त विगत एक वर्षदेखि त्रिवि सेवा आयोग अध्यक्ष विहीन छ । तत्कालीन अध्यक्ष प्राडा लालुप्रसाद पौडेलको कार्यकालय अघिल्लो साउन १८ गते सकिएको थियो । अध्क्षय नहुँदा खुलातर्फको विज्ञापन हुन सकेको छैन । यसअघि विज्ञापन भएर आवेदन दिएका सात सय उपप्राध्यापकका लागि लिखित परीक्षा सञ्चालन गर्न सकेको छैन भने अन्तर्वार्ता भइसकेका प्राध्यापकको नियुक्ति सम्म हुन सकेको छैन ।

पछिल्लो समय त्रिवि पीडित संघर्ष समितिले तालाबन्दी गरेको छ। यो पछिल्लो तालाबन्दी सहित बास्कोटाको कार्यकालमा जम्मा ३४१ दिन त्रिविमा तालाबन्दी गरिएको छ । त्रिविका केन्द्रीय कार्यालयसहित विभिन्न निकाय र विभागमा तालाबन्दी गरे ।

पछिलो समय त्रिविपीडित संघर्ष समिति कीर्तिपुरले त्रिविका विभिन्न निकायमा कीर्तिपुरबासीलाई रोजगारी दिनुपर्ने, त्रिविले गरेको सहमतिअनुसार तीन सय सय्याको अस्पताल बन्नुपर्ने, विभिन्न विभागमा उपलब्ध छात्रवृत्तिमा कीर्तिपुरवासीका सन्तानलाई प्राथमिकता दिनुपर्ने, अनधिकृत रूपमा त्रिविको जग्गा हडपेका संघसंस्था र व्यक्तिलाई त्यहाँबाट अविलम्ब हटाउनुपर्ने लगायतका माग राखेर असार ७ गतेदेखि उपकुलपति, रेक्टर, रजिस्ट्रार र प्रिन्सिपलको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

शैक्षिक वर्ष २०७८ मात्र विभिन्न समयमा त्रिविका कुलपति सम्बद्ध विद्यार्थी संघ, र आंशिक प्राध्यापकले पटक पटक गरेर १८२ दिन त्रिविमा ताला लाग्यो । त्य अद्धि र पछि गरेर चार वर्ष नपुग्दै ३४१ दिन त्रिविको पदाधिकारी कार्यकक्षमा ताला लागेको छ ।

A Levels MA