After SEE Portal

एकै दिन नक्कली प्रमाणपत्र सम्बन्धी ७ वटा मुद्दा

Bridge Course

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन नक्कली प्रमाण सम्बन्धी ७ ओटा मुद्दा आज विशेष अदालत काठमाडौंमा दर्ता गराएको छ । मुद्दा पर्नेहरूमा शिक्षक, नेपाल विद्युत प्राधिकरण र नगारपालिकामा कार्यरत सरकारी कर्मचारी रहेका छन् ।

अख्तियारको विभिन्न शाखा कार्यालयमा परेका उजुरीको छानविन हुँदा ७ जनाको प्रमाण पत्र नक्कली भएको प्रमाणित भएकाले मुद्दा दर्ता गराएको हो ।

अख्तियारले छानबिनका क्रममा भानु नगरपालिकाका कार्यालय सहयोगी पदमा कार्यरत हेलन गुरुङ, साझापुर उच्च माध्यमिक विद्यालय मेघौली ४, चितवनमा राहत दरबन्दीका तत्कालीन शिक्षक नारायण शर्मा, नेपाल विद्युत प्राधिकरण जलेश्वर महोत्तरीका तत्कालीन सुपरभाइजर महंथ मण्डल, सुर्योदय उच्च माध्यमिक विद्यालय हुम्लामा कार्यरत शिक्षक जितेन्द्र कुमार झा, नेपाल विद्युत् प्राधिकरण ग्रिड महाशाखा चौकिटोल हेटौंडामा कार्यरत हेल्पर लोकनाथ खनाल, नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र हेटौंडामा कार्यरत इलेक्ट्रिसियन शंकर बहादुर तामाङ  र श्री माध्यमिक विद्यालय लगडी गदियानी सिरहाका प्रा।वि। द्वितीय श्रेणीमा कार्यरत स्थायी शिक्षक राम नारायण यादव विरुद्ध अख्तियार मुद्दा दर्ता गराएको हो ।

अनुसन्धानका क्रममा शिक्षक शर्माले २०६५वैशाख ८ गते मा।वि। राहत विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भई मिति २०६७ फागुन २ गतेसम्म सरकारी ओहदामा रहेको प्रमाण फेला पारेको छ । शर्मालगायत अन्यले नक्कली प्रमाणपत्रका भरमा एक वर्षदेखि २५ वर्षसम्म सरकारी पदको दुरुपयोग गरेको हुनाले अख्तियारले बिगोअसुल गरी कानुनी कारबाहीको माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको अख्तियारका प्रवत्ता प्रदीपकुमार कोइरालाले आज छुट्टा छुट्टै विज्ञप्ति निकाली जानकारी दिएका छन् ।

A Levels MA