A Levels MA

मावि स्तरीय निबन्ध प्रतियोगितामा सर्वेत्कृष्टलाई २५ हजार प्रदान गरिने

अख्तियार दुरुपयोगअनसुन्धान आयोगको दिवस (२०७९ माघ २८) को अवसरमा माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरने भएको छ । 

आयोगले आफ्नो स्थापना दिवसको अवसरमा ’भ्रष्टाचार नियन्रण र  सुशासन  प्रवर्धन’ विषयक निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको हो । कक्षा ९ देखि १२ सम्मका विद्यार्थी उक्त प्रतियोगितामा सहभागी हुन पाउने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

२५ सय शब्ददेखि तीन हजार शब्दमा नबढाइ नेपाली भाषामा निबन्ध लेख्नु पर्ने सूचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले माघ ६ गतेभित्र निबन्ध पठाइ सक्नु पर्ने छ । 

आयोगको मातहत कार्यलयबाट प्रथम हुने विद्यार्थीलाई १२ हजार दोस्रोलाई ९ हजार र तेस्रो हुनेलाई ७ हजार ५०० नगद प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । आयोगका  प्रदेश कार्यालयबाट सर्वोत्कृष्टलाई २५ हजार प्रदान गरिने आयोगले जानकारी दियो ।

Thuprai - Books and E-books