शिक्षामा गत वर्षको भन्दा २४ अर्ब ६७ करोड रुपियाँ बढी बजेट विनियोजन

सिरकारले शिक्षा क्षेत्रमा गत वर्षको भन्दा २४ अर्ब ६७ करोड रुपियाँ बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९– ८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै शिक्षामा १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् ।

जसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन, प्रदेशका लागि ५ अर्ब, ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड विनियोजन गरिएको छ । गत वर्ष सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो ।

Thuprai - Books and E-books