After SEE Portal

एसईईमा २०६४ परीक्षा केन्द्र कायम, छात्राभन्दा छात्र धेरै

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २ हजार ६४ परीक्षा केन्द्र कायम गरिएको छ ।

कोशी प्रदेशमा ३७८, मधेशमा, २९५, बागमती ४४१, गण्डकीमा २१४, लुम्बिनीमा ३३८, कर्णालीमा १८६, सुदुरपश्चिममा २११ र जापानमा १ परीक्षा केन्द्र कायम गरिएको छ ।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १२७ केन्द्रमा र कम मनाङ र मुस्ताङमा एक एक परीिक्षा केन्द्र कायम गरिएको बोर्डले जानकारी दियो । बोर्डका अनुसार सबैभन्दा बढी परीक्षार्थी पनि काठमाडौंमा ३८ हजार ८१३ जना रहेका छन् । करिब ५ लाख परीक्षार्थी सहभागी

५ लाख विद्यार्थीले एसईई दिँदै

यो वर्षको एसईईमा देशभरबाट ५ लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका छन् । भने अहिलेसम्म ४ लाख ७५ हजार १३४ जना परीक्षार्थीले प्रवेशपत्र लिइसकेको परीक्षा परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार यो वर्षको एसईईमा रजिष्ट्रेसन फारम भर्ने छात्रको संख्या २ लाख ५३ हजार ६२७ रहेको छ भने छात्राको संख्या २ लाख ५० हजार ७७२ जना रहेका छन् । त्यसैगरी यो वर्ष १५ जना अन्यले समेत एसईईका लागि आवेदन दिएका छन् । भने अहिलेसम्म १५ जना अन्य सहित २ लाख ३८ हजार १०५ छात्र र २ लाख ३७ हजार १४ जनाले प्रवेश पत्र लिइसकेको नियन्त्रक पौडेलले जानकारी दिए ।

७७ हजार बढी जनशक्ति परिचालन

बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार एसईईका लागि प्रति केन्द्र एक जनाका दरले २०६४ जना केन्द्राध्यक्ष, १५० विद्यार्थी बराबर एक जनाका दरले ४१२८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० जना विद्यार्थी बराबर एक जना दरले २५ हजार २२२ जना निरीक्षक, प्रति १०० परीक्षार्थी एक जनाका दरले ५०५४ जना परीक्षा सहायक, प्रति ५० परीक्षार्थी बराबर एक जना कार्यालय सहयोगीका दरले १० हजार ८१ जना कार्यालय सहयोगी र प्रति केन्द्र १५ जनाका दरले ३० हजार ९४५ जना सुरक्षा कर्मी गरी ७७ हजार ४८५ जना जनशक्ति परीचालन गरिएको छ ।

२० विषयको मात्र प्रश्नपत्र छापियो

यस वर्षको एसईईका लागि अनिवार्य र ऐच्छिक गरी २० विषयको मात्र प्रश्नपत्र छापिएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा १० का लागि १०२ वटा विषयका पाठ्यक्रम तयार गरेको छ तर परीक्षा नियन्त्रण कार्यालयले जम्मा २० वटा विषयका मात्र प्रश्नपत्र छाप्नुपर्छ । ऐच्छिक प्रथम र द्वितीयमा थुप्रै नयाँ विषय छन् । तर सबैको रोजाइ परम्परागत विषयप्रतिमात्र छ ।

परीक्षाका लागि सम्बन्धित परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र पठाइ सकियो छ । अनिवार्य सहित ऐच्छिक प्रथममा ५० विषय राखिएको छ । भने ऐच्छिक द्वितीयमा ४७ विषय पाठ्यक्रम विकास केन्द्रले तयार पारेको छ । तर विद्यालयले सबै विषयमा नपढाउँदा यो वर्ष २० ओटा विषयको मात्र प्रश्नपत्र छपाइ गरिएको बोर्डले जानकारी दियो ।

सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत ल्याउनु पर्ने

यो वर्ष एसईई पास हुन सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउने गरी नयाँ ग्रेडिङ सिस्टमबाट परीक्षा लिइँँदै छ । प्रति विषय ७५ पूर्णाङ्कमा ३५ प्रतिशत ल्याउनु पर्छ । औषत ग्रेड नभइ विषयगत ग्रेडका आधारमा मूल्याङ्कन गरिनेहुँदा सबै विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत ल्याउनु पर्ने नियन्त्रक पौडेलले जानकार िदिए । पौडेलका अनुसार, कुनै दुई विषयमा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् भने दुईभन्दा बढी विषयमा ३५ प्रतिशत नल्याउने विद्यार्थी ननग्रडेड (एनजी) मा पर्ने हुँदा अर्कोवर्ष पुनः परीक्षा दिनुपर्नेछ ।

त्यसैगरी यो वर्ष सबै अनिवार्य विषयमा २५ पूर्णाङ्कको आन्तरिक मूल्याङ्कन हुने छ । आन्तरिकमा पनि सबै विषयमा ४० प्रतिशत ल्याउनु पर्ने छ । आन्तरिक मूल्याङ्कन तीन आधारमा गरिने छ । कक्षा सहभागिता तथा सक्रियतामा ३ अङ्क, परियोजनाकार्य तथा अतिरिक्त क्रियाकलापलाई १६ अङ्क र त्रैमासिक परीक्षालाई ६ अङ्कमा विभाजन गरी अंङ्क प्रदान गर्नुपर्ने नियन्त्रक पौडेलले जानकारी दिए ।

अनुगमन टोली जाँदैन

यो वर्ष संघबाट अनुगमनका नाममा हुल बाँधेर अनुगमन टोली नजाने नियन्त्रक पौडेलले बताए । एसईईमा स्थानीय तहबाटै अनुगमन हुने उनले जानकारी दिए ।

एसईई सामान्य हो

यो परीक्षा पहिला जस्तै सामान्य भएको हुँदा विद्यार्थीलाई हतोत्साहित नहुन नियन्त्रक पौडेलले आव्हान गरे । ‘सबै प्रश्न बोधतहबाट सोधिएको छ, सरलबाट सुरु भएर स्तर अनुसार केही जटिल प्रश्न छन् ।’ उनले भने,‘विद्यार्थीले आफ्नो ज्ञान, बोध, र संज्ञानात्मक ज्ञानका आधारमा नै उत्तर दिन सक्छन् परीक्षा सजिलो छ ।आत्तिनु पर्दैन राम्ररी बुझेर परीक्षा दिए हुन्छ ।’

 

A Levels MA
Thuprai - Books and E-books