After SEE Portal

आगामी वर्षका लागि शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

Bridge Course

अर्थ मन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको बजेटमा शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ ।  आगामी आर्थिक वर्ष  २०७८-७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब रुपियाँ बजेट कार्यान्वयन भइरहेको छ । यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्ति लगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्य कर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड रुपियाँ समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ । 

त्यस्तै सरकारले  तीन् वर्षदेखि निरन्तर असफल हुँदै आएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ।अर्थमन्त्री पौडेलले बजेट सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिएका हुन्। सो कार्यक्रमका लागि आगामी वर्ष खर्च गर्ने गरी  १० अर्ब बजेट विनियोजन गरिएको छ । भने १५ सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधारको निर्माण, पुनःनिर्माण तथा स्तारोन्नति गरिने अर्थमन्त्री पौडेलले  जानकारी दिएका छन् ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको चालु आर्थिक बर्षमा  ६  अर्ब विनियोजन गरिएकोमा यस पटक सरकारले १० अर्ब रुपियाँ बजेट विनियोजनको घोषणा गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अधिवृद्धि कार्यक्रम सञ्चालन गरिने समेत सरकारले घोषणा गरेको छ।

A Levels MA