After SEE Portal

केयुमा १५ प्रतिशत विद्यार्थी बढे

Bridge Course

काठमाडौं विश्वविद्यालय (केयु) मा शैक्षिक सत्र २०२३–२४ मा स्नातक तहमा विद्यार्थी १५ प्रतिशतले वृद्धि भएका छन् । केयुमा गत वर्षभन्दा ( शैक्षिक सत्र २०२२–२३ ) यो वर्ष १५ प्रतिशतले विद्यार्थी बढेका हुन् ।

केयुमा चालु शैक्षिक सत्रमा कुल भर्ना दर ८७ प्रतिशत रहेको छ । विश्वविद्यालयका अनुसार शैक्षिक सत्र २०२२–२३ मा विद्यार्थी भर्ना ७२ प्रतिशत थियो भने शैक्षिक वर्ष  २०२१–२२ मा ७० प्रतिशत मात्र  थियो ।

विगत तीन वर्षको विद्यार्थी भर्नादर तुलनात्मक रूपमा अध्ययन गर्दा विद्यार्थी संख्या निरन्तर बढ्दै गएको देखिएको छ । शैक्षिक सत्र २०२१–२२ मा विश्वविद्यालयका विभिन्न स्कुलमा कुल विद्यार्थी ५ हजार ४८३ जना भर्ना भएका थिए । भने शैक्षिक वर्ष २०२२–२३ मा ५ हजार ८९८ जना मात्र भर्ना भएका थिए । त्यसैगरी चालु शैक्षिक सत्रमा विभिन्न विश्वविद्यालयका विभिन्न स्कुलमा ६ हजार १८६ जना विद्यार्थी भर्ना भएका छन् ।

विश्वविद्यालयका सातओटै विद्यालयमा यो वर्ष विद्यार्थी भर्ना दरमा वृद्धि भएको छ । सन् २०२२–२३ को तुलनामा आर्ट्समा १९ प्रतिशतले विद्यार्थी भर्ना वृद्धि भएको छ । त्यसैगरी शिक्षामा ३४ प्रतिशतस, इन्जिनियरिङमा १३ प्रतिशतस, कानून ११ प्रतिशतस ,व्यवस्थापनमा ४ प्रतिशतस, चिकित्सा विज्ञान ६ प्रतिशतस, र विज्ञान, २८ प्रतिशत विद्यार्थी संख्या वृद्धि भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयका विभिन्न स्कुल तथा विभागले गरेको प्रयास तथा विद्यार्थीको भरोसा जित्न सकेका कारण विद्यार्थी संख्या बढ्दै गएको बताए । ‘हामी नयाँ कार्यक्रम र विशेष पहलका साथ विद्यार्थी सामु पुगेका छौं’, उनले भने, ‘अभिभावक तथा विद्यार्थीको भरोसा जित्दै आफ्नो गुणस्तर कायम गर्न प्रतिवद्ध भएकै कारण विद्यार्थी संख्या वृद्धि भएको हो ।’

बजारको आवश्यकता र विद्यार्थीको मागलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न विश्वविद्यालयले गरेको प्रयासको परिणाम नै विद्यार्थी संख्या बढेको उनको दाबी छ ।

विश्वविद्यालयले चालु शैक्षिक सत्रमा १५ ओटा नयाँ शैक्षिक कार्यक्रम शुरु गरेको छ । यसमा क्राफ्ट र डिजाइन, योग विज्ञान र कल्याण, मनोविज्ञान, खानी इन्जिनियरिङ, बायोइन्फरमेटिक्स, र उड्डयन व्यवस्थापनमा स्नातक सुरु गरेको छ ।

स्नातकोत्तर कार्यक्रममा विकास अध्ययन–अन्तर्राष्ट्रिय, आदिवासी शिक्षा र विकास लेखन र साक्षरता अध्ययन, स्कूल परामर्श, स्वास्थ्य सूचना विज्ञान, ऊर्जा र पूर्वाधार कानून, एक्सेक्यूमा शिक्षा लगायतका नयाँ कार्यक्रम सुरु गरेको छ ।

अहिलेको प्रतिस्पर्धा राष्ट्रिय भन्दा पनि विश्वव्यापी भएकाले सोहीअनुसार प्रचार रणनीति बनाएका उपकुलपति प्राडा थापाले बताए ।

यसबाहेक, विश्वविद्यालयले दोहोरो डिग्री र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता अनुरूप आफ्नो पाठ्यक्रम पुनर्गठन गरेको छ।

उपकुलपति प्राडा थापाका अनुसार विश्वविद्यालयले चालु शैक्षिक सत्रमा विदेशमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै अन्तर्राष्ट्रियकरणमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यसमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्राससँग इनर्जी सिस्टममा संयुक्त एमटेक कार्यक्रम, श्री विश्वेश्वर योगको सहकार्यमा ब्याचलर इन योगिक साइन्स एण्ड वेल बिइङ कार्यक्रम सुरु गरेको छ ।

यो विश्वविद्यालयमा १८,हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । विश्वविद्यालयबाट हालसम्म ४३ हजार १२३ विद्यार्थीले स्नातक गरेका छन् ।

विश्वविद्यालयका धेरै विद्यालयहरूमा पुरुषको तुलनामा महिला विद्यार्थीहरूको भर्ना दर उच्च छ। स्कुल अफ ल मा सबैभन्दा बढी ७१ प्रतिशत महिला विद्यार्थी भर्ना भएका छन् ।

 आर्ट्स ५५ प्रतिशत, व्यवस्थापन ५३ प्रतिशत र मेडिकल साइन्स ५४ प्रतिशत छात्रा भर्ना दर छ। केयुमा लैंगिक अनुपात ५१ देखि ४९ प्रतिशत रहेको छ ।

A Levels MA