After SEE Portal

शैक्षिक सत्रसंगैं १५ दिने भर्ना अभियान सुरु

Bridge Course

आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । केही विद्यार्थी पहिलो पटक विद्यार्थी नयाँ कक्षा कोठामा प्रवेश गर्दैछन् धने केही नयाँ जोशका साथ नयाँ कक्षा चढेका छन् ।

आजदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई  विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ  ।

नेपाली माध्यमका पाठ्यपुस्तक पुगिसक्यो

यो वर्षका लागि कक्षा १–५ का १ करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन् । भने जनक शिक्षा केन्द्रले कक्षा ६ माथिका  १ करोड ५० लाख थान पाठ्यपुस्तक छापिसकेको छ । 

हिजो साझसम्म ५६ जिल्लामा पाठ्यपुस्तक  पुर्याइसकेको छ । तराइ क्षेत्रका सुगम जिल्लामा अन्तिम चरणमा पाठ्यपुस्तक पठाउने जनक शिक्षाको रणनीति अनुसार दुई दिनसम्म ती जिल्लामा पनि पाठ्यपुस्तक पुगी सक्ने छन् ।

केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयका साथै उपत्यकाबाहिरका आठवटा डिपोबाट पाठ्यपुस्तक वितरण गरिरहेको छ । सानोठिमीको डिपोबाट उपत्यकाका तीनसहित दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लागि पाठ्यपुस्तक वितरण गर्ने गरिएको छ ।

मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरिसकेको छ ।

हुम्लामा पनि पुग्यो

यो वर्ष वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै हिमाली जिल्ला हुम्लामा पाठ्यपुस्तक पुगिसकेको छ । वर्सै शैक्षिक सत्रको अन्त्यसम्म पाठ्यपुस्तक नपुग्ने हुम्लामा यो वर्ष भर्ना भएका दिन विद्यार्थीले पाठ्यपुस्त्क पाठाएका हुन् ।

चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो । जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा पाँच दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ ।

ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याउने जिम्मा लिएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिए ।

सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताए ।

सुदूरपश्चिम प्रदेशका लागि आवश्यकमध्ये करिब ८० प्रतिशत पाठ्यपुस्तक पुगिसकेको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले  जानकारी दियो । सो कार्यालय अनुसार अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक विभिन्न जिल्लामा पाठाएको छ । सो प्रदेशका लागि करिब १८ पाठ्यपुस्तक आवश्यक पर्ने केन्द्रको प्रादेशिक कार्यालयले जानकारी दियो ।

अङ्ग्रेजी माध्यमका विद्यालयले सरकारी पाठ्यपुस्तक पाएनन्

पाठ्य्रक विकास केन्द्रले यो शैक्षिक सत्र कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रम कार्यान्यवनमा ल्याएको छ । कक्षा ६–१० सम्मा नेपाली माध्यमका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापिकसको छ । भने, अङ्गे्रजी माध्यम पढाइहुने सामुदायिक विद्यालयले बाध्य भएर निजी प्रकाशन गृहका पाठ्यपुस्तक प्रयोगमा ल्याउनु पर्ने बाध्यकारी अवस्था केन्द्रका उच्च पदस्थ व्यक्तिहरूले सिर्जना गरेका छन् ।

कमिशनको खेलले गर्दा जनक शिक्षालाई पाठ्यपुस्तक छपाइ गर्न रोकेपछि सामुदायिक विद्यालयले पाठ्यपुस्तक नपाएका हुन् ।

केन्द्रले तीन वर्ष अगाडिदेखि नै श्रृङ्खलाबद्ध रुपमा पाठ्यक्रम परिवर्तन गर्दै आएको छ । शैक्षिक सत्र २०७८ मा कक्षा २, ३, ६ र १२ तथा २०७९ मा कक्षा ४, ७ र ९ र २०८० मा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम  परिवर्तन गरी सबै कक्षा नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु गरिसकेको छ तथापि केन्द्रका उच्च अधिकारीहरू नै अङ्गे्रजी मध्यमको पाठ्यक्रम भर्खर लेखिसकेको बताउँछन् ।

सरकारी पाठ्यपुस्तक सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका उपयुक्त हुने भनेर पर्खदा पर्खदा पनि पाठ्यपुस्त्क नपाएपछि केही स्थानीय तहका शिक्षा शाखाकै सल्लाहामा विद्यालयले निजी प्रकाशन गृहका पाठ्यपुस्तक किन्ने सोचमा गएका छन् भने केही स्थानीय तहलेआफै निजी प्रकाशनसंग पाठ्यपुस्तक खरिदका लागि सम्झौता गरेको जानकारी दिए ।

A Levels MA