६० जिल्लाका  १४३ प्रतिशत विद्यालय कमजोरःइआरओ

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले विद्यालय कार्यसम्पादन परक्षिण प्रतिवेदन आज सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापनका लागि निर्धारित कानुन नीतिगत तथा योजनागत मापदण्द एवम् कार्यप्रणालीअनुसार विद्यालय सञ्चालनको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

केन्द्रले २०६६ मा स्थापना भए पश्चात ५ हजार ५८ माध्यमिक विद्यालयको कार्यसम्पादन परीक्षण गरेको छ । केन्द्रले परीक्षण गरिएका विद्यालयको मुख्य अन्तरवस्तु समावेश गरी प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालयले प्राप्त गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा समष्टिगत र जिल्लागत विद्यालय श्रेणीकरण सूची सार्वजनिक गरेको हो ।

प्रदेशगत रुपमा प्रदेश १ र मधेश प्रदेशका एउटा पनि विद्यालय उत्तम श्रेणीमा पर्न सकेका छैनन् । भने, बागमतीका जम्मा ३ विद्यालय इआरओको  परीक्षणमा उच्च श्रेणीमा परेका छन् । त्यस्तै गण्डकी र लुमिबनीबाट १–१ र कर्णाली र सुदुरपश्चिमबाट २–२ विद्यालय उच्च श्रेणीमा परेका छन् । सार्वजनिक प्रतिवेदन अनुसार ८२ प्रतिशत विद्यालय सामान्य, १५.८२ प्रतिशत विद्यालय मध्यम, १४३ प्रतिशत विद्यालय कमजोर अवस्थामा रहेका छन् ।

सार्वजनिक प्रतिवेदन अनुसार ४० प्रतिशत भन्दा कम अंक प्राप्त गर्ने विद्यालयलाई कमजोर, ४०–७० प्रतिशत पाउनेलाई सामान्य र ७०–९० प्रतिशत ल्याउनेलाई मध्यम र ९० प्रतिशत माथि ल्याउनेलाई उत्तम श्रेणीमा श्रेणीकरण गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रतिवेदन अनुसार कास्की बाटुलेचौरको विन्ध्यवासिनी मावि ९४.५९  प्राप्ताङ्क सहित पहिलो नम्बरमा, भक्तपुरको एभरेष्ट इङ्लिस स्कुल ९१.१६ प्रतिशत सहित दोस्रो स्थानमा, कन्चनपुरको भानु मावि ९०.७४ प्रतिशत सहित तेस्रो स्थानमा, भक्तपुरकै पद्य उच्च मावि ९०.५७ प्रतिशत सहित चौथो स्थानमा र काभ्रेको मंगलजनविजय मावि ९०.०९ अंक सहित पाँचौं स्थानमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै कालिका मावन ज्ञान माविले ९० अंक प्राप्त गरी छैटौं स्थानमा पर्न सफल भएको छ । सबैभन्दा कम अंक प्राप्त गर्ने विद्यालयमामा मोरङको बाल सुधार गृह विद्यालय परेको सो विद्यालयको प्राप्ताङ्क १८.७८ मात्र रहेको छ ।

केन्द्रले तयार गरेको श्रेणी निर्धारणको सातौं श्रेणीदेखि तल सबै विद्यालयको प्राप्ताङ्क ९०  भन्दा तल रहेको छ ।  केन्द्रले जिल्लागत श्रेणीकरण सूची पनि सार्वजनिक गरेको छ । जिल्लागत श्रेणी सूचिमा काठमाडौं जिल्लाको पहिलो नम्बरमा ८७.३६ अंक सहित विजेश्वरी डल्लुको गीतामाता मावि, दोस्रोमा ८७.०३ त्रिपुरेश्वरको विश्वनिकेतन मावि  अंक सहित दोस्रो नम्बरमा परेको ।

केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पठनसीप आधारभूत सूचक, सुधार कार्ययोजना र नासा पोलिसी गाईडलाईन सार्वजनिक गरेको छ । केन्द्रका महानिर्देशक शिवप्रसाद सापकोटाले आर्थिक वर्ष २०७३–०७४ देखि अहिलेसम्म ६२ जिल्लाका ५ हजार ९८ वटा विद्यालयको परीक्षण सम्पन्न भएको र त्यसमध्ये ६० जिल्लाका ४ हजार ८६७ विद्यालयको नतिजा विश्लेषण गरिएको जानकारी दिए । बाँकी रहेका जिल्लाका विद्यालयहरुको पनि हुने क्रम जारी भएको बताए ।

 

Thuprai - Books and E-books