A Levels MA

इसीडी सहजकर्तालाई मासिक १३ हजार ५०० पारिश्रमिक

झापाको दमक नगरपालिकाले इसीडी सहजकर्तालाई मासिक १३ हजार ५०० पारिश्रमिक प्रदान गर्ने भएको छ । अत्यन्तै न्यून भएको विषयलाई मध्यनजर गरी आफ्नो तर्फबाट संघीय सरकारले प्रदान गरेको ६ हजार रुपियाँमा थप गरी सो रकम दिने निर्णय गरेको हो ।

सातौं नगर सभाले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको भए पनि कोरोनाका कारण लागु हुन नसको सो कार्यक्रम एक वर्षपछि भएपनि लागु गरिएो नगर शिक्षाशाखा प्रमुख दिनेसकुमार न्यौपानेले जानकारी दियो ।

न्यौपानेका अनुसार नगर सभाको सो निर्णय गत फागुन देखि नै लागु हुने भएको छ । शिक्षा शाखाका अनुसार नगरपालिका भित्र कार्यरत ३९ जना इसीडी कार्यकर्तालाई अघिल्लो महिनादेखिनै सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्रदान गरिने भएको छ । नगरपालिका भित्र कार्यरत ३९ जना सहजकर्तालाई फागुन महिनादेखि नै मासिक १३ हजार ५०० पारिश्रमिक प्रदान गरिने प्रमुख न्यौपानेले जानकारी दिए  ।

Thuprai - Books and E-books