After SEE Portal

११–१२ का शिक्षकको पेन डाउन

Bridge Course

साबिक उच्च माविका (कक्षा ११–१२) शिक्षकले आज पेन डाउन गरेका छन्। माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले १६ बुँदे माग राख्दै  सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार आज  देशभरका शिक्षकहरुले पेन डाउन  गरी पठनपाठन ठप्प  पारेका हुन् ।

यस अघि कालो पट्टि बाधने, शिक्षक विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने लगायतका आन्दोलनका कार्यक्रम  गरेका शिक्षकले आज पेन डाउन गरेका हुन् ।

कक्षा ११ र १२ मा आंशिक, अनुदान र अस्थायी दरबन्दीका तीन प्रकारका शिक्षक कार्यरत रहेपनि विगत ३० वर्षदेखी स्थायी दरबन्दीको शिक्षकको व्यवस्था नगरेका कारण प्रकिया पुर्याइ स्थायी गर्ने, स्थायी दरबन्दी सिर्जना गर्ने लगायतका माग राखि शिक्षकहरूले आन्दोलन गर्दै आएकाछन् ।

शिक्षकहरुले बन्दै गरेको नयाँ शिक्षा ऐनमा साविक उच्च मावि शिक्षकको माग समावेश गरिनुपर्ने माग राख्दै आएका छन् ।

A Levels MA