After SEE Portal

विद्याभूषण र पदकका लागि एक हजार २६ को आवेदन

Bridge Course

राष्ट्रिय शिक्षा दिवसमा वितरण गरिने विद्याभूषण तथा विद्यापदकका लागि एक हजार २६ जनाले आवेदन दिएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो दिवसका अवसरमा भदौ ३ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशित गरेको थियो । मन्त्रालयले २०७६ देखि २०७९ सालसम्मका विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । 

मन्त्रालयका अनुसार नेपाल विद्याभूषण ‘क’ का लागि ७७८ जनाको, नेपाल विद्याभूषण ‘ख’ का लागि १७१ जनाको र नेपाल विद्याभूषण ‘ग’ का लागि ५० जनाको आवेदन परेको जनाएको छ ।

यसैगरी नेपाल छात्रा विद्यापदक ‘क’ का लागि २५ जनाको र नेपाल छात्रा विद्यापदक ‘ख’ का लागि दुई जनाको आवेदन परेको छ ।

आवेदन परेकाहरूको प्रमाणपत्र सत्यापन गर्न बाँकी रहेको र सोपछि यकिन तथ्याङ्क भन्न सकिने सम्बद्ध पदाधिकारीले बताएका छन् ।

विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वाेत्कृष्ट नतिजा हासिल गर्नेलाई नेपाल विद्याभूषण ‘ख’ बाट र स्नातक तहमा सर्वाेत्कृष्ट नतिजा हासिल गर्नेलाई नेपाल विद्याभूषण ‘ग’ बाट विभूषित गर्ने गरिन्छ ।

त्यस्तै नेपाल छात्रा विद्यापदक ‘क’ स्नातक तहका सर्वाेत्कृष्ट छात्रालाई र नेपाल छात्रा विद्यापदक ‘ख’ कक्षा १२ का सर्वाेत्कृष्ट छात्रालाई प्रदान गरिन्छ । विद्याभूषण र विद्यापदक आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवसका दिन वितरण गरिनेछ ।

A Levels MA
Thuprai - Books and E-books