हजारौँ बालबालिका विद्यालयबाहिर छन्: मुख्यमन्त्री डोरमणि पौडेल

हेटौँडा, २९ भदौ (रासस):  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताउनुभएको छ । 

राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताउनुभयो ।
‘सुनिश्चित बाल अधिकार: समृद्ध नेपालको आधार’ भन्ने नारा साथ मनाउन लागिएको बाल दिवस, २०७६ का अवसरमा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुव्र्यवहार अन्त्य गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि सबै सचेत र जागरुक रहनुपर्ने जारी सन्देशमा उल्लेख थियो ।

विद्यालय भर्ना अभियान, अनाथ एवम् असहाय बालबालिको अभिभावकत्व ग्रहण, माध्यमिक तहसम्म निःशुल्क एवम् अनिवार्य शिक्षा, विद्यालय खाजा तथा अभिभावक प्रोत्साहनलगायत कार्यक्रममार्फत बालअधिकार सुनिश्चित गर्ने प्रयासमा नागरिक समाज, राजनीतिक दल, सङ्घसंस्था सबैको हातेमालो जरुरी रहेको मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal