After SEE Portal

१० दिने शैक्षिक सामग्री निर्माण कार्यशाला सुरु

Bridge Course

ललितपुरको बागमती गाउँपालिकामा शैक्षिक सामग्री निर्माण सम्बन्धि १० दिने कार्यशाला सुरु गरिएको छ ।

सो पालिकाको वडा १–५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु गरिएको हो ।

जनभावना क्याम्पस चापागाउँमा सञ्चालन गरिएको सो १० दिने तालिममा ४६ विद्यालय शिक्षक प्रतिनिधि सहभागी भएका छन् ।

उक्त तालिममा शिक्षण सिकाइ, व्यवस्थापन, समस्या, चुनौती शैक्षिक सामग्री प्रयोगको प्रभावकारिताका विषयमा सहजीकरण गरिने पालिकाको शिक्षा शाखाले जानकारी दियो ।

पालिकाद्वारा आयोजित तालिममा विद्यालयको अवस्था, समस्या र अपेक्षाका लागि नियमित अनुगमन गर्ने तथा राम्रो गर्नेलाई पुरस्कृत गर्ने पालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।

चालु आवमा शिक्षकका लागि बागमती प्रदेश सरकारले ७६ लाख पाँच सय ७१ विनियोजन गरेको जानकारी दिए ।

A Levels MA