A Levels MA

‘एसईई, कक्षा ११ र १२ को परीक्षाका बारेमा ठूलै निर्णय गर्दैछौँ’

कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा विभिन्न तीन विकल्पका बारेमा सरकारले अध्ययन गरिरहेको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको जुम अन्तरक्रियामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले सो जानकारी दिँदै भने, “तीन वटा विकल्पका बारेमा अध्ययन गरिरहेका छौँ । उपयुक्त विकल्पका बारेमा आगामी सातासम्ममा टुङ्गो लागिसक्ने अपेक्षा गरेका छौँ ।”

उनका अनुसार गठित कार्यटोलीले विकल्पका बारेमा अध्ययन गरिरहेको छ र त्यसलाई शिक्षा मन्त्रालयले मन्त्रिपरिषदबाट स्वीकृत गराउनुपर्ने हुन्छ । अहिलेको अवस्थामा परीक्षा सञ्चालन गर्न सम्भव छ वा छैन, सम्भव नभएमा राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन के कस्ता कानुनी उपाय खोज्नुपर्ने हुन्छ र कक्षा १० को परीक्षालाई नयाँ शीराबाट कसरी लिएर जानसकिनेछ भन्ने विकल्पका बारेमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।

कक्षा १० र ११ को परीक्षाको औचित्य नभएकाले ती परीक्षा लिइरहनु आवश्यक छ त ? भन्ने पत्रकारहरुको जिज्ञाशामा शिक्षामन्त्री पोखरेलले भने, “यी तीनवटै तहका परीक्षाका बीच बहुपक्षीय सम्बन्ध छ । परिस्थितिले विद्यालय खोल्ने र परीक्षा सञ्चालन गर्ने अवस्था दिएन । तर यी तीनवटै परीक्षाका सन्दर्भमा ठूलै निर्णय हुनेछ ।”

उनले आफूहरुले तत्कालको अवस्था व्यवस्थापन गर्न ४५ दिने योजनाका रुपमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका ल्याएको उल्लेख गर्दै अब आफूहरु दसैँ अगाडि र दसैं पछाडिको गरी योजना ए, योजना बी र योजना सी बनाउँदै गरेको जानकारी दिए ।

उनले आगामी असार १ गतेबाट विद्यालय खोल्न खोजिएका होइन भने । निर्देशिकाअनुसार विद्यार्थी विभिन्न विकल्पमध्ये कुनै न कुनैबाट शिक्षा आर्जन गरे पनि यसलाई औपचारिक शिक्षाको मान्यता दिन कञ्जुस्याँइ गर्नु परेको जिज्ञाशाका बारेमा उनले जवाफ दिए, “पहिलो १५ दिनको काम हेरौँ । सबैमा पहुँच पुगेमा त्यसलाई शैक्षिक सत्रसँग जोड्न सकिन्छ र औपचारिक मान्यता प्रदान गर्न सकिनेछ ।”

 

Thuprai - Books and E-books