After SEE Portal

शिक्षाको गुणस्तर बढाउन ‘अतिथि शिक्षक’

Bridge Course

बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । दुई विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम ल्याइएको हो । जस अन्तर्गत नगरपालिकाले एक विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा अतिथि शिक्षकका रुपमा पठाउने गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा चार विषयका शिक्षकलाई अतिथि शिक्षकका रुपमा नियुक्ति गरी विद्यालय पठाएको नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताए ।

नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अतिथि शिक्षकका रुपमा अर्को विद्यालयमा पठाउने गरेको छ । शिक्षण क्रियाकलाप बढाउनका तथा अनुभव साटासाट गर्ने उद्देश्यले अन्तरविद्यालय सम्बन्ध सम्बन्ध बढाउन उक्त कार्यक्रम लागू गरिएको हो ।

“अन्य विद्यालयमा गइ पढाउदा शिक्षक र विद्यार्थी दुवैलाई नयाँ सिकाइ र अनुभव प्राप्त हुन्छ”, पोख्रेलले भने, “जुन विद्यालयमा नियुक्त भयो त्यही विद्यालयबाट अवकास हुने पनि धेरै छन्, आफ्ना सिप र अनुभव वर्षौसम्म एउटै विद्यालयमार्फत बाँड्ने बाहेक केही हुँदैन त्यसैले अर्को विद्यालयमा पुगेर आफ्नो ज्ञान सिप र शैली बाँड्दा शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा लिएका छौँ ।”

“कार्यक्रम अन्तर्गत एक दिन आफ्नो विद्यलायमा आउने अतिथि शिक्षकले अध्यापन गराएको अवलोकन गर्ने र अर्को दिन अतिथि शिक्षक भएर आएको विद्यालयमा आफू अतिथि शिक्षकका रुपमा पढाउन जाने कार्यक्रम हो”, नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने।

उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो कार्यक्रम समावेश गरेको थियो । चालु आवमा गणित विषयमा मात्रै अतिथि शिक्षक लागू गरिएको र आगमी वर्ष सबै विषयमा अतिथि शिक्षक लागू गरिने उनको भनाइ छ ।

नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयका हरेक विषयका विषयगत शिक्षकले अब अन्य विद्यालयमा पुगेर अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने नगरपालिकाका शिक्षा अधिकृत गौरव राना मगरले बताए ।

कक्षा सञ्चालन गर्दा जुन विद्यालयमा जुन विषयको शिक्षक पुग्छ सोही विषयको शिक्षकले विद्यार्थीसँगै अतिथि शिक्षकको अनुभव सिक्नुपर्नेछ ।

हाल नगर क्षेत्रभित्रका २४ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा सञ्चालन जुन विद्यालयको विषयगत शिक्षकले कक्षा जहाँ पुर्याएको छ त्यहीँबाट सञ्चालन गर्ने गर्छन । शिक्षकले अर्को विद्यालय जाँदा आफ्नो विद्यालयले अवलम्बन गरेको असल अभ्यासबारेमा प्रध्यानध्यापक तथा विषयगत शिक्षकलाई जानकारी दिनेछन् भने आफूले अध्यापन गरेको पाठको पाठयोजना सहितको प्रतिवेदन विद्यालयमा र शिक्षा शाखामा बुझाउनुपर्नेछ ।

 

A Levels MA
Thuprai - Books and E-books