After SEE Portal

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित

Bridge Course

प्रतिनिधिसभाको आजको बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहित पेश ग/]को योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९  सर्वसम्मतिले पारित गरेको हो ।

यस्तै बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक,२०७९ मा राष्ट्रियसभाले गरेको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक अघिल्लो बैठकमा गणपुरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ पेश हुन सकेको थिएन । 

A Levels MA