After SEE Portal

वर्ल्ड लिडर समिट अवार्ड जेभियर इन्टरनेसनल कलेजलाई

Bridge Course

काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेसनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जितेको छ । शैक्षिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेसनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो ।

निरन्तरको शैक्षिक गुणस्तर र उत्कृष्ट पूर्वाधार सहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानीत भएको जेभियर इन्टरनेसनल कलेज कालोपुलका सिईओ लोक बहादुर भण्डारीले बताए।

इन्टरनेसनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट,कल्चर एन्ड एजुकेसन ) नामक संस्थाले विश्वभरीबाट जेभियर इन्टरनेसनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर कलेजले जनाएको छ । जेभियर इन्टरनेसनल कलेज कालोपुल यस अघिपनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको थियो

A Levels MA