A Levels MA

काठमाडौं रिजनल स्कुल प्रिन्सिपल्ज नामक कार्यशाला सम्पन्न

बर्नहार्ट माध्यमिक विद्यालय तथा कलेजले काठमाडौं उपत्यकाका करिब १०० विद्यालयका प्रिन्सिपल तथा प्रमुखको सहभागितामा काठमाडौं रिजनल स्कुल प्रिन्सिपल्ज नामक कार्यशाला सम्पन्न गरेको छ ।

विभिन्न विषयमा छलफल गरी ८ बुँदे घोषणापत्र तयार गर्दै कार्यशाला सम्पन्न भएको हो ।सो कार्यक्रममा विभिन्न स्कुल तथा कलेजका प्रमुख तथा प्रतिनिधिहरुलाई विभिन्न ८ ओटा विषयगत समस्यामा समूहगत छलफल गदैं ८ बुँदे घोषणापत्र तयार पारी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्याक्रममा केस अफ सिंगल प्यारेन्ट, ब्रेकन फ्याम्ली, प्यारेन्टिङ स्टायल, डाइभरर्सिटी क्ष्न क्लासरुम, ड्रग्स एडिक्सन, एडिक्ट टु मोबाइल एण्ड इन्टरनेट, सर्भिस इलनेस एण्ड चिल्डे«न्ट इन रिलेसन घोषणापत्र तयार पारिएको छ ।

उक्त कार्यक्रममा प्राडा जय राज अवस्थी प्रमुख आतिथिका रुपमा आएका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत औपचारिक शिक्षाका लागि चुनौतीका रूपमा सामाजिक शैक्षिक मुद्दाका विषयमा छलफल भएको थियो ।

मक कार्यक्रम सम्पन्न गरेको जानकारी कलेजका प्रिन्सीपल अमृतबाबु भट्टले बताए । कार्यक्रमका प्रमुख वक्ताको रुपमा उक्त कार्यक्रमको प्रमुख अतिथि प्राडा। जय राज अवस्थीले सामाजिक, शैक्षिक विषयहरु र चुनौतीको विषयमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा कलेजका अध्यक्ष भुपेश छतकुली, बर्नहार्ट कलेजका प्रमुख सल्लाहाकार प्राडा नारायण प्रसाद चापागाँई, लगायतको सहभागिता रहेको थियो । ।

 

 

Thuprai - Books and E-books